अग्नि पीडितलाई प्रधानाध्यापक राजेन्द्र साहले राहत दिए

रौतहटको मौलापुर नगरपालिका वार्ड नं ६ पथराबुधाम स्थित ४ जना आगलागी पीडित परिवारलाई माध्यमिक विद्यालयबाट राहत पाएका छन् ।

स्थानीय गणेश महतो. उमेश महतो.नरेश महतो र सिकिन्दर महतो लाई माध्यमिक विद्यालय पथराबुधरामका शिक्षक र विद्यालयको तर्फबाट लताकपडा र भाडाकुडा सहयोग स्वरुप पीडित परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद साहले बताउनु भयो ।

शिक्षकहरुको तर्फबाट प्राप्त सहयोग रु.२५ हजार र विद्यालयको तर्फबाट १५ हजार रुपैयाबाट खानपकाउने आवश्यक भाडाकुडा र लताकपडा खरीद गरि वितरण गरिएको हो ।

सो अवसरमा वडा अध्यक्ष उपेन्द्र जयसवाल, विद्यालयका शिक्षकहरु, अभिभावक तथा स्थानीय बृद्धिजिविहरुको उपस्थितिमा राहत सामग्री वितरण गरिएको प्रधानाध्यापक साहले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here