कटहरिया प्रथम मेयर कप २०७६ को फाइनलमा तनाव ,वडा नम्बर ६ फत्तेपुरका कप्तान सतेन्द्र यादव प्रहरी नियन्त्रणमा

रौशन चौधरी,
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा तनाव भएको छ । एकतर्पिm रुपमा एक टिमलाई कटहरिया कप –२०७६ को विजेता घोषित गरिएपछि यस्तो तनाव भएको हो । तनावको क्रममा प्रहरीले त्यहाँको एक क्रिकेट टिमको कप्तान सहित छ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु गाउँमा शान्तिपूर्ण रुपमा वसिरहेको अवस्थामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको स्थानीयको दावी छ । यसरी नियन्त्रणमा लिइएकोमा कटहरिया वडा नम्बर ६ फत्तेपुरका कप्तान सतेन्द्र यादव स्थानीय शेष मुन्ना, रन्जित सहनी, उमेश पासवान, वीरेन्द्र सहनी तथा सुवोध सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ ।
घटनाको पृष्ठभूमि
कटहरिया प्रथम मेयर कप २०७६ को फाइनल शुक्रवार कटहरिया जनता माविको स्कूलको प्रांगणमा भएको हो । फाइनल खेल कटहरिया नगरपालिकाको वडा नम्बर ५ कटहरिया र वडा नम्बर ६ को फत्तेपुर विच भएको हो । फत्तेपुरले टर जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेटको नोक्सानमा एक सय २८ रन बनायो । प्रत्युत्तरमा कटहरियाले ब्याटिङ्ग गर्दै दुई ओभरमा सिवना क्षति २९ रनको योगफल बनायो ।
यसरी भयो विवाद
कटहरियाका ब्याटस म्यान आउट भएपनि नदिएको भन्दै विवाद सृजना भएको हो । स्थानीय वासिन्दा एम्पायर भएकोले उनले दुई पटक आउट भएको खेलाडीलाई आउट नदिएपछि झगडा प्रारम्भ भएको प्रत्यक्षदर्शी बताउँछन् । तत्कालीन नेकपा एमालेका मेयरका प्रत्याशी जोगिन्द्र साहले खेलमैदानको विकेट उखाल्दै यहाँवाट तिमीहरु भाग कटहरियाको यहाँ चल्छ भनी खेलाडी उपर जाइलागेपछि विवादले तीव्रता पायो । पछि खेलाडी आउट भएको स्विकारेपछि खेल खेल्न भनियो । फत्तेपुरका खेलाडीले एम्पायर परिवर्तन गरेमात्र खेल्ने अडान लिएको थियो । त्यसपछि फत्तेपुरका खेलाडीले खेल बहिष्कार गरी आप्mनो घरतिर लागे ।
खेलाडीलाई रोकियो
मेयर कुशवाहाले खेल मैदानवाट बाहिर गएका र गाउँ फर्किरहेका खेलाडीलाई रोक्न प्रहरीलाई आग्रह गरे । यसपछि खेलाडीलाई रोक्न प्रहरीले खोज्यो । सोही क्रममा कटहरिया वडा नम्बर ६ का राजपा प्रत्याशी नन्दराज सहनीसंग प्रहरीको विवाद तीव्र भयो । प्रहरीले सहनीको कमिज च्यातेको प्रत्यक्षदर्शी बताउछन् । उनीसंग अभद्र ब्यवहार भएको उनीहरुको भनाई छ । विवादपछि खेलाडीहरुलाई गाडीवाट ओरालिएको र पछि छाडिदिएको बताइन्छ ।
यसरी उग्रभयो विवाद
आयोजकले एकतर्पिm रुपमा कटहरियालाई प्रतियोगिताको विजेता घोषित गरेपछि यसले विवादलाई बढाउने काम ग¥यो । मेयर कुशवाहाको निर्देशनमा कटहरियालाई विजेता घोषित गरिएको दावी गरिएको हो । ईलाका प्रहरी कार्यालय गरुडावाट आएको प्रहरी नायब उपरीक्षक चढेको गाडीलाई फत्तेपुरका मानिसले लखेटन शुरु गरे । यसपछि ढुंगामुढा भयो। ढुंगा मुढा हुदा डिएसपी चढेको गाडीको पछाडीतर्पmको शिशा फुटेको प्रत्यक्षदर्शी बताउँछन् ।
यसरी नियन्त्रणमा परे छ जना
एक घण्टापछि सशस्त्र प्रहरी लगायत जनपद प्रहरीका सयौ सुरक्षाकर्मी पुगे । उनीहरुले फत्तेपु्रमा सडकमा रहेका तथा खरिहानमा रहेका छ जनालाई नियन्त्रणमा लिए । अन्य मानिसहरु गाउँ छाडेर गएकोले गाउँको आप्mनै ठाउँमा रहेका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।
गाउँमा बाक्लो सुरक्षाकर्मी
अहिले फत्तेपुर गाउँमा एसपी सहित बाक्लो सुरक्षाकर्मी गस्ति गरिरहेकाछन् । करिब दुई सयको संख्यामा यसरी सुरक्षाकर्मीले गस्ति गरिरहेको र आठ वजेसम्म अघोषित किसिमको कपर््mयु रहेको स्थानीयको भनाई रहेको छ । मेयर र प्रहरीले ज्यादति गरेको आरोप स्थानीयको छ ।
बाबु एम्पायर, छोरा खेलाडी
बाबु एम्पायर र छोरा खेलाडी भएपछि गलत निर्णय आएको दावी फत्तेपुरका खेलाडीहरुको छ । कटहरियाका खेलाडी बसन्त साहका बाबु हरिशंकर साह सो खेलको एम्पायर रहेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here