हिन्दु महिला सरह मुश्लिम महिलाले बिधिपुर्वक मनाएकी छिन छठपर्व

संजय मिश्रा
रौतहट १७ कार्तिक ।
रौतहटको मध्य तथा पश्चिमभेग कटहरिया स्थित हिन्दु महिलासरह दुईजना मुश्लिम महिलाले बिधिपुर्वक छठपर्व मनाएकी छिन । भगवान सबै एउटै हो जसको कृपाले कल्याण हुन्छ पुजा अराधना गर्नैपर्छ मश्लिम ब्रतालुहरुको भनाई छ ।
कटहरिया ४ की मुश्लिम महिला छठिया खातुन र सहिदा खातुनले छुठै मण्डप बनाएर छठपर्व गरेकी छिन ।
हिन्दु महिला सरह उनीहरु पनी निराहार तथा निर्जला बसेर कटहरिया ५ स्थित लालबकैया किनारमा छठपर्व मनाएकी छिन ।
लामोसमय सम्म सन्तान नहुँदा छठिया खातुनले छठीमाताको भाखल गरेकी 
थिईन,चार सन्तान भएपछी अघिलो बर्ष देखी छुटै मण्डप निर्माण गरेर छठपर्व गरीरहेको खातुनले बताईन ।
मण्डपमा उनी संगै रहेकी सहिदा खातुनले लामोसमय देखी छोराको मगज बिग्रेको र जती औषधी उपचार गर्दा पनी ठिक भएको थिएन,दुईबर्ष अघि छठीमाताको भाखल गर्दा छोरोको मगज मगज ठिक भई जागिर समेत लागी सकेकाले यसै पटक देखी छठपर्व सुरुगरेको बताईन ।
सबै भगवान एउटै जो जसले भलो गर्छ उसलाई मानै पर्छ खातुन द्धयले बताईन ।
छठपर्वको अवसरमा बिभिन्न दलका नेता तथा जनप्रतिनिधीहरु घाट घाटमा घुमेर छठीमाताको दर्शन,ब्रतालु संग आशिर्वाद लिएर शुभकामना आदान प्रदान गरेका छन ।
त्यसैगरी कटहरिया नगरपालिकाको उपमेयर नुरजहाँ खातुन पनी छठपर्वको महत्वपुर्ण सँझियाघाटका दिन अस्ताउदो सुर्य र अन्तिम दिन उदाउँदो सुर्यलाई ढोक गरेर आर्शिर्वाद लिएकी छिन ।
मुश्लिम परिवारका भएपनी उपप्रमुख खातुन आफना श्रीमान नसरुदिन अन्सारी संगै कटहरिया नगरपालिकाको एकदेखी नौवटै वडामा निर्माण गरीएको छठीघाट
पुगेर दर्शन गरेकी थिईन ।
भेटघाटको क्रममा ब्रतालुहरुले खातुनलाई हिन्दुुमहिला सरह सिन्दुरको लामो टिका लगाएर प्रसाद दिएका थिए । राम्रोकाम गर्नु पर्छ अल्लाह र भगवान दुबैले मानवसेवा गर्न भन्छन त्यसैले आफु सबै धर्मको मान गर्ने पक्षमा रहेको बताईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here