राकेश यादव , रौतहट
विश्व हिन्दू परिसद रौतहटले भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । भारतीय सर्वोच्च अदालतले दिइएको वर्षोको विवादित मुद्दा रामजन्म भूमि र बाबरी मन्दिरको फैसलाको विश्व हिन्दू परिसदले सदरमुकाम गौरमा मैनवती जलाएर स्वागत गरेका हुन ।
सर्वोच्च अदालतको फैसलाले धेरै दिनको विबादको अन्त्य भएकोले फैसला ऐतिहासिक र स्वागत योग्य भएको परिसदले भनेका छन । विश्व हिन्दू परिसद रौतहट जिल्ला कार्य समिति तथा युवा समितिको संयुक्त आयोजनामा राम लेखेर मैनवती जलाएर खÞुशी व्यक्त गरेका छन । सुप्रीम कोर्टले शनिवार सुनाएको फैसलामा विभेदित जग्गा रामजन्मभूमि न्यासलाइ दिने भनी गरेको फैसला स्वागत योग्य भएको परिसदका राघवेंद्र झाले बताएका छन ।
फैसलाले दुवै समुदायको जित भएको उनले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहले फैसला ऐतिसाहिक भएको जिकिर गरे ! फैसलाको सवैले सम्मान गर्नु पर्ने धरना राखे ।
कार्यक्रममा विश्व हिन्दू परिसदका जिल्ला अध्यक्ष आलोक पांडेय , सल्लकर समितिका सदस्य सत्येंद्र प्रसाद सिंह , सदस्य राकेश कुमार यादव , मुकेश कुमार सिंह , युवा समितिका संयोजक नंदभूषण श्रीवास्तव , सदस्य अरविन्द यादव , संजीत झा , प्रेस फोरमका जिल्ला अध्यक्ष किशोरी यादव ,नेपाल चिन्तन परिवारका अशोक सिंह राजपूत लगायत दर्जनौ हिन्दू प्रति आस्था राख्नेहरुको सहभागिता रहेको थियो ।
रामललाको जीत भएको खुशियालीमा मिठाई समेत वितरण गरिएको थियो । ऐतिहासिक जीत भएको फैसलाको स्थानीयहरुले आ आफ्नो घरमा दीप जलाएर स्वागत गरेका छन । मठ मन्दिरहरुमा राम नामको भजन कीर्तनको साथै साधु संतहरुले लड्डू समेत बाडेर खÞुशी जनाएका छन ।