गीताको वैज्ञानिक समसामयिक व्यवहारिक एवं रोचक व्याख्या

औरैया ।गायत्री परिवार साधना केन्द्र औरैयाद्धारा मिति २०७६ । ०७ । ०१ शुक्रवारको दिन गिता गोष्ठी कार्यक्रम आयोजना गरियो ।सो कार्यक्रम इशनाथ नपाको वार्ड नं. ३ औैरैया इशनाथ मन्दिरको प्रांगनमा सम्पन्न भयो ।

यो कार्यक्रमको सभापति पं नरेश चौबे एवं प्रमुख अतिथि नेपाल सरकारको पुर्व शिक्षा सचिव रामस्वरुप सिन्हा द्धारा दीप प्रज्वलन गरेर उदघाटन गरियो ।कलाकुंज इंगलिस स्कुलका प्रिन्सिपल इन्जिनीयर रामयश मmा स्वागत भाषण गर्नुभयो ।गिता जिवन शास्त्र हो ।सबैको लागि समान रुपले उपयोगी छ ।

गीताको वैज्ञानिक समसामयिक व्यवहारिक एवं रोचक व्याख्या गायत्री परिवारको संस्थापक अध्यक्ष प्रोफेसर सृजेश चौबेज्यू द्धारा गरियो ।कार्यक्रमको उदघोषण कलाकुंज स्कुलको शिक्षक शम्भु साहले गर्नुभयो ।

कार्यक्रममा रामचन्द्र गुप्ता ,पारसनाथ श्रीवास्तव ,श्रीमति सारिका वर्मा श्रमिति विणा कुशवाहा ,लक्ष्मण साह ,नन्दलाल साह श्री ज.मा.वि. औरैयाका शिक्षक शिक्षिका ,डुमरियाका विजय मेहता एवं अन्य महानुभावहरुको उपस्थिपत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here