रौतहट, २५ गते ।पूर्वमन्त्री मोहम्मद आफताब आलम निर्दोष रहेकोले साधारण तारेखमा रिहा गर्नुपर्ने मा“ग गरिएको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधिश दिपक ढकालको इजलासमा पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने वकिलहरुले आलमलाई साधारण तारेखमा रिहा गर्नृुपर्ने मा“ग गर्नुभएको हो ।
आलमका तर्फका वकिलहरुले प्रर्वमनत्री आलममाथि वादीले लगाएका तथ्यहिन ,मुद्धा मmुठा रहेकोले उहा“लाई साधारण तारेखमा रिहा गर्नृुपर्ने मा“ग गर्नुभएको हो ।
पूर्वमन्त्री आलमको तर्फबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेर बहादुर केसी , वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे ,अधिवक्ता सुनिल पोखरेल ,योगेन्द्र अधिकारी ,कृष्ण घिमिरे , लगायतका अधिवक्ताहरुले बहस गर्नुभएको हो ।
आलमको तर्फका वकिलहरुले वादी नेपाल सरकारले पेश गरेको अभियोग पत्र आधारहिन तथा प्रमाणहिन रहेको ,घटना नै नघटेको ,प्रर्वमन्त्री आलमसंग चुनावमा पराजित शैलेन्द्र साह पछाडि लागेको ,राजनितिक प्रतिशोध रहेको आरोप लगाउनुभयो ।
यसैगरी पटक पटक चुनाव जिती देशमै मान सम्मान रहेकाले त्यसलाइ धुमिल पार्ने उद्येश्यले काम भएको आरोप लगाएको ,पूर्वमन्त्री आलमले इन्कारी बयान दिएको ,लाश नभेटेको ,कुनै अंग फेला नपरेको ,दशी प्रमाण नरहेकोले पूर्वमन्त्री आलमलाइ साधारण तारेखमा रिहा गर्नुपर्नेे मा“ग गर्नुभएको छ ।
यसअघि बहसमा सरकारी तथा जाहेरीवालाका वकिलहरुले मिसिलमा भएको तत्काल विद्यमान प्रमाणहरुले घटनाको पुष्टि भएको दावी गर्दै घाइते तथा पिडित परिवारको सुरक्षा ,प्रमाणहरु नष्ट हुनबाट जोगाउनकालागि पूपक्र्षकालागि आलमलाइ थुनामा राख्न मा“ग गर्नुभयो । उहा“माथि विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको मुद्धा लगाइएको छ ।
बहस सकिएपछि मुद्धा पूपक्र्षको सिलसिलमा आलमलाई थुनामा राख्ने ,धरौटी वा साधारण तारेखमा छाडने आदलतले आदेश गर्ने छ ।
प्रतिवादी आलमको थुनछेक बहस गर्ने क्रममा समय नभ्याउनाले आलमलाई पुनः बहसकालागि अदालतमा भोलि उपस्थित गराउने गरी पूर्वतः प्रहरी हिरासतमा जिल्ला प्रहरी कार्यालय पठाइएको रौतहट जिल्ला अदालतका श्रेस्तादार गुणराज पराजुलीले बताउनुभयो ।