सोमवार जिल्ला अदालतमा आलमको पक्षमा बहस गरेका चारै जना अधिबक्ताहरुले राजपुर बमकाण्ड को घटना मिडिया बाजी भएको भन्दै बहस गरेका छन ।
मो अफताव आलमको पक्षमा बहस गर्ने अधिबक्ताहरुले मिडियो प्रयोग गरेर आलम लाइ फसाउन खोजीएको जिकिर गरेका छन ।
बरिष्ठ अधिबक्ता शेर बहादुर केशीले प्रहरीले २०६५ सालमा बनाएको मिसिल मात्रै सक्कली भएको र अहिले बनाएका कागजातहरु सवै नक्कली बनाएको बताउदै मिडिया बाजी गरेर आलमलाइ ठुलो अपराधी बनाउन खोजेको भन्दै बहस गरे ।
उनले भने २०६५ मा ५ जना माथी मुद्धा चलाउनु अहिले १० जना माथी मुद्धा चलाउनु नै झुठो कागजात तयार पार्नु हो ।
अर्को अधिबक्ता योगेन्द्र बहादुर अधिकारीले साछीहरुको बयान बाझीएको , झुठा मुद्धा लगाएर आलमको राजनैतिक जीवन समाप्त पार्न खोजेको , मिहिया लाइ अगाडी सारेर प्रोपोगाण्डा गरेको जिकिर गरेका छन ।
अर्का अधिबक्ता शुनिल पोखरेलले साक्षीहरुको बयान नमिलेको , चार पटक सांसद, ६ पटक मन्त्री भएको व्यक्तीले यस्ता अपराध नगर्ने भन्दै बहस गरे ।
यस्तै अर्का बरिष्ठ अधिबक्ता गोपालकृष्ण घिमिरेले पनि मिडियाले आलम लाय दोषि देखाउदै फैसला गरेको बताउदै । अफताव आलम हिरासतमा हुदाखुशी मनाउने दिनहु पाटी गर्नेहरु पनि रहेको बताए ।
उनले ठोस प्रमाण नभएको उनको जिकिर छ यस्तै आलम परिवार लाइ ड्यामेज गरेर राजनैतिक स्वार्थ लिन खोज्नेहरुले चलखेल गरेको
चार जना अधिबक्ताहरुले आलम लाइ सादा तारेखमा रिहा गर्न माग दावी गर्दै बहस गरेका हुन । उनको थुनछेक बहस मंगलवार पनि चल्ने छ ।
बाहीर आलम लाइ ठुलो अपराधी जस्तो बनाइएको , हिटलर भन्दा पनि खतरनाक बनाउन खोजिएको समेत बहसमा चर्चा गरीएको छ ।