रघुवीर महासेठलाई मन्त्रीबाट हटाएपछि मैनबत्ती बालेर स्थानीय मतदाताले खुशियाली मनाए

जनकपुरधाम ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती क्यान्डल बालेर गरी स्थानीय मतदाताले खुशियाली मनाएका छन्।

बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताले मैनबत्ती बालेर खुशियाली मनाएका हुन् । क्यान्डल बाल्न सहभागी स्थानीय मिथिलेश यादवले चुनावमा जिताउन सहयोग गरे पनि अहिले आएर बेवास्ता गरेका कारण मन्त्रीबाट हटाउदा खुशी भएको बताए ।

‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौँ । तर उहाँ मन्त्री बनेपछि यहाँका ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। र ती व्यक्तिहरू यहाँ दादागिरी देखाउँछन्- उनले भने, ‘त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुशी भएका छौँ ।’

लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि क्यान्डल बाल्ने कार्यक्रममा सहभागी थिए। उनीसमेत क्यान्डल बालेर खुशियाली मनाएको स्थानीयले समेत बताए। तर, वडाध्यक्ष साहले आफू क्यान्डल बाल्ने बेलामा बाहिर रहेको दाबी गरे । उनले क्यान्डल बालेको कुरा थाहा पाए पनि किन बालेको विषयमा थाहा नभएको प्रतिक्रिया दिए ।

धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here