पर्सामा अवैध उत्खनन मौलाए

पर्सा जिल्लाका खोलानालामा ढुंगाबालुवा उत्खननको ठेक्का नलाग्दा यस्ता निर्माण सामग्रीको भाउ बढेको छ । 

समयमै ठेक्का नलागेको मौकामा छोपेर खोलानालाको अवैध उत्खनन मौलाएको छ । आफू मातहतका खोलानालाबाट भइरहेको अवैध उत्खनन नियन्त्रणमा स्थानीय तह पनि उदासीन छन् । 

अहिले बालुवा, गिटी, ढुंगा र ग्राभेलजस्ता नदीजन्य निर्माण सामग्रीको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको उपभोक्ताले बताएका छन् । 

असोजको शुुरुआतमै ठेक्का लगाएर उत्खनन् शुरु हुनुपर्नेमा जिल्ला समन्वय समितिबाट वातावरणीय प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत नहुँदा ठेक्का लाग्न नसकेको स्थानीय तहका प्रमुखहरूले बताएका छन् । 

प्रत्येक दुई वर्षमा प्रतिवेदन पास गर्नुपर्ने प्रावधान छ । प्रतिवेदन पास भएको गादी खोलामा भने ठेक्का लागिसकेको छ । वन र आवादी क्षेत्रबाट १ किलोमीटर क्षेत्रमा नदी उत्खनन् गर्न पाइँदैन । 
वीरगञ्ज उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज बनाउन स्थानीय तह र सरोकारका निकायलाई आग्रह गरेको छ । 

विगत पाँच महीनादेखि यस्ता समाग्रीको अभाव भएको र महँगोमा किन्नु परिरहेको संघका महासचिव माधव राजपालले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here