दारुल सलाम समसिया मदर्शामा लाखौंको भ्रष्टाचारको आरोप

प्रभातकुमार झा
रौतहट, । गौर नगरपालिका वडा नम्वर ६ सपगढामा रहेको दारुल सलाम समसिया मदर्शामा लाखौं भ्रष्टाचार भएको रहस्य खुलेको छ ।
दारुल सलाम समसिया मदर्शा व्यवस्थापन समितिका अध्यक्ष शेख मैनुद्दिनले विगत ९ बर्ष देखि मदर्शामा भएको आयव्ययको प्रतिवेदन सार्वजनिक नगर्दा उक्त गाँउका बासिन्दाहरु वासिन्दाहरु दवाव दिएर हिसावकिताव गर्दा करिव साढे १७ लाखको कुनै लेखाजोखा नरहेको उक्त रकम भ्रष्टाचार गरेको आरोप मैनुद्दिन माथि लागेको हो ।
उक्त मदर्शामा जिल्ला शिक्षा कार्यालयबाट आएको छात्रवृति, दिवा भोजन, भौतिक पूर्वाधार निर्माण लगायतका विभिन्न शिर्षकमा आएको रकम लक्ष्ति वर्गलाई नदिई अध्यक्ष मैनुद्दिनले हिनामिना गरेको चरम आरोप स्थानियले लगाएका छन् । सरकारी निकायबाट बाहिरी दाताहरुबाट आएको रकमबाट मात्रै मदर्शा संचालन गरेपनि सरकारी अनुदानको दुरुपयोग गरेको लगायत विभिन्न लाञ्छना उनी माथि लागेको छ ।
मदर्शामा १ कक्षालाई जिल्ला शिक्षा कार्यालयबाट अनुमति पाएपछि २०६६÷०६७ साल देखि निरन्तर रुपमा मदर्शा व्यवस्थापन समितिका अध्यक्ष रहेका मैनुद्दिनले साख्खे भाई शेख शैनुद्दिनलाई शिक्षकको रुपमा नियुक्त गरेर संस्थागत भ्रष्टाचार गर्दै आएको मदर्शा श्रोतबाट बुझिएको छ । अध्यापन अनुमति पत्र नहुँदा नक्कली अनुमति पत्रको आधारमा गत ९ बर्ष देखि शिक्षकको रुपमा राखेर मैनुद्दिनले एकलौटी रुपमा मदर्शालाई संचालन गरेर लाखौं भ्रष्टाचार गरिरहेको पाइएपछि मुस्लिम समुदायको अगुवाहरु मदर्शामा आएको आय व्ययलाई पार्दशी गर्न माग गरेपछि उक्त संस्थागत भ्रष्टाचारको पोल खुलेको ति श्रोतले बतायो ।
शनिवार विहान बसेको मुस्लिम समुदायको वैठकमा आरोपित मैनुदिनमाथि आयव्यय पार्दशी गर्न दवाव परेपछि बाहिरी दाताहरुबाट आएको ११ लाखको हिसाव पाएपनि शिक्षा कार्यालय, गौर नपाबाट आएको रकमको कुनै हिसाव नभेटिएपछि उजुरी गर्न तरखरमा रहेका गाउले समक्ष आउदो शनिवार सबै हिसाव गर्ने यदी आफू माथि खसेल तिर्ने बताएपछि गाउलेहरु शनिवार सम्मको समय दिएको ति श्रोतले बताएको छ ।
यता लाखौं रकम हिनामिना गरेको आरोप लागेका मदर्शा व्यवथापन समितिका अध्यक्ष शैख मैनुद्दिनले यहाँ कुनै भ्रष्टाचार नभएको सबै हिसाव गर्न तयार रहेको बताएपनि उक्त हिसाव गर्न केही समय लाग्ने जवाफ दिए । रहयो नक्कली अध्यापन अनुमति पत्रको आधारमा भाईलाई नियुक्त गरेको विषयमा सम्बन्धीत निकायबाट छानविन गर्न चुनौति आरोप लगाउनेहरुलाई दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here