बंकुल नाकाबाट दिनहु लाखौं मुल्य बराबरको मालसमान तस्करी

रौतहटको बौधिमाइ नगरपालिका बंकुल छोटी भन्सार नाकाबाट दिनहु लाखौं मुल्य बराबरको मालसमान तस्करी भईरहेको स्थानिय वासिन्दाले बताएका छन । स्थानियका अनुसार सो नाकाबाट दिउसो र रातीको समयमा भारतबाट कपडा, खनिज पदार्थ र चन्दनका काठहरु नेपाल भित्रीने र नेपालबाट छहोरा, मरिच लगायतका समाग्रीहरु ओसार पसार गर्ने गरेको बताए । बंकुल नाकाबाट तस्करी गर्ने तस्करहरु लाइन मिलाएर तस्करी कार्यलाई बढावा दिएको बताए पनि यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु संग सम्पर्क गर्दा त्यस्तो कुनै किसिमको आफुलाइ जानकारी नरहेको बताए । सो ठाउमा खटिएका इन्चार्जहरुको विषयमा बुझ्ने कार्य भइरहेकोले गलत कार्य संलग्न रहेको अवस्थामा पाए कडा कार्यवाही गरिने चेतावनी समेत दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here