सैनामैनामा नया प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको स्वागत

सैनामैना नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ । नया प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई नगरप्रमुख चित्रबहादुर कार्की र उपप्रमुख बिना राना लगायत नगरपालिकाका कर्मचारीहरुले एक कार्यक्रम आयोजना गरी स्वागत गरेका थिए ।
त्यस अवसरमा नगरप्रमुख कार्कीले यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै भएको बताउदै यसका लागि प्रशासनिक हिसाबले धेरै काम गर्न बाँकी रहेको बताए । यसका लागि नया“ प्रशासकीय अधिकृतबाट चुस्त र सुशासनयुक्त सेवा प्रवाह गराउन महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।
कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाका नागरिकको आम्दानीको स्रोत बनाउने अभियानमा लागेका प्रमुख कार्कीले सबै मिलेर “कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारालाई सफल पार्नुपर्ने बताए ।
उक्त अवसरमा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत बनेर आएका पन्थीले नगरको विकास र नगरपालिकाबाट जनताले पाउने सेवा सुविधा प्रवाहमा आफूले छिट्टो, छरितो र चुस्त सेवा प्रवाह गर्न भूमिका खेल्ने बताए ।
यसअघि गरुडा,वृन्दावन,गोदावरी लगायतका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर अब्बल दर्जाको काम गरेर चर्चामा आएका पन्थी यसअघि रौतहटको गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
गरुडा नगरपालिकामा जनप्रतिनिधिहरुको अनूचित दबाबका कारण काम गर्ने वातावरण नभएपछि आफैले सरुवा मागेर मन्त्रालयमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here