गाउँघरमै खुलेका सहकारी संस्थाबाट रेमिट्यान्स सेवा प्रदान

The Ratnapark-Bhadrakali road section has become congested once again after many fuel tankers entered through the Nepal-India border and the supply of fuel eased, in Kathmandu, on Monday. Photo: THT

 मनोज यादव

सर्लाही । सर्लाही जिल्लाका गाउँघरमै खुलेका विभिन्न सहकारी संस्थाहरुले रेमिट्यान्स सेवा प्रदान गर्न थालेपछि  ग्रामीण भेगका नागरिकलाई रकम पठाउन र प्राप्त गर्न  सजिलो भएको छ । 

 ती सहकारी संस्थाहरुले सुरु गरेको रेमिटान्स सेवाका कारण  देश तथा  विदेशका विभिन्न ठाउँबाट आफन्तले पठाएको रकम झिक्न सहर तथा बजारमा जानुपर्ने झण्झटबाट मुक्ति मिलेको स्थानीयहरुले बताएका छन् । घरबाट टाढा धाउनु पर्ने बाध्यता अनत्य भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन्  । 

२० स्थानीय तह रहेको सर्लाहीमा सबै स्थानीय तहमा बैंक  तथा वित्तीय संस्थाहरु खुलिसकेका छन् । ती बैंकहरुले पनि रेमिटान्स सेवा प्रदान गरिरहेका छन् । गाउँपालिकाको केन्द्र बाहेक भित्री बस्तीमा खुलेका स्थानीय स्तरका सहकारी संस्थाहरुले पनि रेमिट्यान्स सेवा दिन थालेकाले सर्वसाधारणहरु  छिटो छरितो रुपमा सेवा पाइरहेका छन् ।

गाउँघरका अधिकांश युवाहरु बिदेशिने क्रम बढिरहेको अवस्थामा गाउँकै सहकारी संस्थाहरुले रेमिट्यान्स सेवा सुरु गरेपछि सहज भएको मलंगवा नगरपालिका वडा नम्बर ५ भाँडसरका   राजकरण रायले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here