स्वाभिमानी नेपाली

🌷कविता 🌷

शिर्षक : स्वाभिमानी नेपाली

अाफ्नाे देशकाेअमृत सडाउँछाैं
मन्दविष किन्दै पेट भराउँछाैं
उर्वर माटाे बाँझो बनाउँछाैं
प्याजकाे मूल्यमा हल्ला मच्चाउँछाैं  ।

हैसियत बुझी बुझी बुझ पचाउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं  ।

पाैरखी हातहरू पलायन बनाउँछाैं
उधाेगधन्दाहरू बन्द गराउँछाैं
खाल्डा र खुल्डी सडक मनपराउँछाैं  ।
धुवाँ , धुलाे र फाेहाेर मन पराउँछाैं

अाफ्नाे मूल्यांकन गर्न डराउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं  ।

बेथितिलाई मलजल गर्न रूचाउँछाैं
भ्रष्टाचार बिरुद्ध बोल्न डराउँछाैं
फाइदा हेरी गुलामी गर्न रूचाउँछाैं
अाफ्नाे भूभाग अाफ्नाे हाे भन्न डराउँछाैं  ।

अरूकाे भर परी परी गुजारा चलाउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं  ।

उर्मिला त्रिपाठी२०७६/०९/०५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here