सैनामैनामा क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरु

रुपन्देही, १२ पाैष । सैनामैना नगरपालिकाले निशुल्क शिविर अन्तरगत आज दाेस्राे क्यान्सर सम्बन्धि जाँचका लागि सुरु गरेको छ ।

सैनामैना नगरपालिकाले रामापुर माध्यमिक विधालयमा नगरपालिकाका नागरिकहरुलाई स्वस्थ्य बनाउने उध्देश्यका साथ महिलाहरुकाे पाठेघरकाे समस्या, क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भब्यरुपमा शुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनु भएको छ ।

निशुल्क छाला राेग चेक जाँच शिविर हिजोबाट सुरु गरेकाे नगरपालिकाले विभिन्न किसिमका राेगहरुकाे निशुल्क चेक जाचका लागि शिविर संचालन गर्ने पन्थीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here