गौर । रौतहट दुर्गा भगवती र यमुनामाई गाउँपालिकामा लैंगिक विभेद तथा दाईजो प्रथा विरुद्ध संवाद कार्यक्रम सम्पन्न भएको छ।
पिपुल ईन निडको सहयोगमा तथा आसमान नेपालको आयोजनामा आरम्भ परियोजना अन्र्तगत यमुनामाई गाउँपालिका वडा न. २ भेडियाही, ३ मलहीनिया र वडा नं. ५ झनखृनवामा तथा दुर्गाभगवती गाउँपालिक वडा न. १ गंगापिपरा र वडा नं. ३ मत्सरीमा लैंगिक विवेद तथा दाईजो÷दहेज प्रथा विरुद्ध संवाद कार्यक्रम सम्पन भएको छ ।
असमान नेपालले रौतहटका १८ स्थानिय तह मध्ये दुर्गा भगवती गाउँपालिका तथा यमुनामाई गाउँपालिकामा लौगिक विभेद अन्तय गर्ने उदेश्यले गाउँपालिकामा कार्यक्रम आयोजना गरेका छन् ।
असमान नेपालले दहेज प्रथा अन्त्य तथा न्युनिकरण उदेश्य राखि दुबै गाउँपालिकामा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वडा अध्यक्ष, चेन्ज च्याम्पियन, स्थानीय सरोकारवाला, सामाजिक परिचालक तथा पिपुल ईन निडका प्रतिनिधिले लैंगिक विवेद तथा दाईजो÷दहेज प्रथा विरुद्ध संवाद कार्यक्रमका उदेश्य वारे प्रकाश पार्न भएको थियो ।