माइतीघरमा रहेका उखु किसानहरुलाई खाना र न्यानो कपडा

काठमाडौं : चिनी मिलविरुद्ध आन्दोलनका क्रममा माइतीघरमा रहेका उखु किसानहरुलाई सहयोगीहरुले खाना र न्यानो कपडा दिएका छन्।  शुक्रबार माइतीघरमा धर्नारत उखु किसानहरुलाई बिहानको खाना पेपे पिजा र घन्द्रुक नेपाली किचनले खुवाएको छन्। भवना राउत, विशाल बिक्रम निरौला, गोमेश सिंह उप्रेती र अन्य समाजसेवीले माइतीघरमा जाडोको सामना गरिरहेका किसानलाई खाना खुवाएका हुन्।  त्यसैगरि दुई हप्ताअघि माइतीघरमण्डलमा धर्ना बसेका उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट वितरण गरेका छन्। पुसको चिसोमा धर्नामा बसेकाहरु पानी परेर कठ्यांग्रिएपछि बजगाईंले ५० जनालाई एक-एक वटा ज्याकेट धर्नास्थलमै दिएका हुन्।  उखु किसानको आन्दोलनमा समर्थन जनाउन माइतीघरमा सहभागी भइरहेका युवा र विद्यार्थीहरुले पैसा उठाएर धर्नामा बसेकाहरुलाई त्रिपालको ब्यवस्था गरिदिएका छन् । यो आन्दोलनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितले समर्थन जनाएका छन्। कार्कीले उखु किसानहरुलाई केही रकम पनि दिएकी छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here