समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत आधारभुत तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न

रौतहट । समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत ५ दिने आधारभुत तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । युनिसेफ र विस्व शिक्षाको सहयोग नेपाल सरकारको समन्वय र आर.डि.सी नेपाल रौतहटको आयोजनामा सप्पन्न उक्त तालिममा पहिलो र दोस्रो चरण गरि कटहरिया नगरपालिका का प्राथमिक तहमा नेपाली र गणित विषय अध्यापन गराउने ५२ जना शिक्षकहरुलाई सहभागी गराइएको थियो ।

दोस्रो चरणको तालिम संचालनको चौथो दिन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले तालिमको अवलोकन तथा भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रारम्भिक कक्षामा पढ्ने बालबालिकालाई विशेष जोडका साथ शिक्षण सिकाई गरि जग बलियो बनाएको खण्डमा मात्रै घर बलियो हुने कुरामा जोड दिनुका साथै शिक्षकहरुलाई आफ्नो कर्तव्य प्रती दत्तचित्त भएर लाग्न समेत आग्रह गर्नु भएको थियो । पहिलो चरणको तालिम २०७६ मंसिर २९ देखि पुष ३ सम्म प्रशिक्षक दिपक पौडेल र रेणुका जि सी को सहजिकरण तथा विस्व शिक्षाबाट पाल्नु भएका सुखरत्न ब्रह्माचर्य, रन्जित महतो, सुशील कुमार यादव , अप्सरा गुरुङर ग्रामीण विकास केन्द्रका सुशील थापाको सहयोगमा सम्पन्न भएको थियो भने दोस्रो चरणको तालिम २०७६ पुष ११ देखि पुस १५ सम्म संचालन भएको थियो ।


दोस्रो चरणको तालिममा प्रशिक्षक दिपक पौडेल, रेणुका जि सी, दिलिप कुमार झा , छोटेलाल पटेल, विश्व शिक्षाका कार्यक्रम अधिकृत सुशील कुमार यादव र आरडिसीका कार्यक्रम संयोजक सुशील थापाले सहजीकरण गर्नुभएको थियो । तालिम प्रारम्भिक कक्षा पढाईरसिकाई र गणीत, समावेशी शिक्षा, मातृभाषाको माध्यमबाट शिक्षण सिकाई, बहुकक्षा बहुस्तर तथा निरन्तर विध्यार्थी मुल्यांकन प्रणाली सम्बन्धि सीप विकास गराउने हेतुले आयोजना भएको थियो। ।


दुबै चरणको तालिम आर.डि.सि नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न भएको थियो। समापनका क्रममा आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले सदैब गुणस्तरीय शिक्षाको लागि तत्पर रहेको र आगामी दिनमा पनि विभिन्न दात्री निकायसँग समन्वय गरि यस्ता परियोजनाहरु जिल्लामा संचालनमा ल्याउनुका साथै कार्यान्वयन पक्षको निरन्तर अनुगमन गरिरहने कुराको पनि जानकारी दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here