रौतहटको गौरमा महिला साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । दौडको पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेका छन ।
उद्घाटन पछि सम्वोधन गर्दै नेकपाका बरिष्ठ नेता पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले मानवताबादी भएका कारण एसिड आक्रमणकारी लाइ फांसीको सजाय हुने कानुन बनाउन नसकेको बताएका छन । बिहिवार रौतहटको गौरमा राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगिताको उद्घाटन तथा पुरस्कार बितरण कार्यक्रममा पुर्व प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन ।
उनले तीनै तहका जनप्रतिनिधीहरुले इमान्दार बनेर काम गर्नुपर्ने बताउदै भष्ट्राचार गर्ने र घुस माग्ने लाइ जनताले तह लगाउनु पर्ने उनको धारणा रहेको छ ।
तराइ मधेशमा महिलाहरु अझै पनि पिडित रहेको अवसर बाट बन्चित हुदै आएको प्रशङ्ग निकाल्दै उनीहरु लाइ अवसर दिए देश चलाउन सक्ने बताए ।
रौतहटमा बिभिन्न योजनाका लागी ठुलो बजेट आएको तर सहि ढग बाट खर्च नभएको प्रति दुखी हुदै रौतहटका नागरीक चनाखो हुन सकेत आग्रह गरेका छन । जिल्लाका बिभिन्न स्थानहरुमा सडक बिस्तार, पुल निमार्ण कासाथै कृषि लाइ आधुनिकीकरण , स्वास्थ्य र शिक्षा को बिकासका लागी आफु सधै सकृय रहेको समेत उनले बताएका छन ।
राजदेवी मिडियाले हरेक बर्ष प्रजातन्त्र दिवशको दिन संचालन गर्दै आएको महिला साइकल दौड प्रतियोगिता यस बर्ष पनि संचालन गरेको छ । यो प्रतियोगिताको आठौ सस्करण हो । साइकल दौड प्रतियोगितामा रौतहटका ३० बर्ष नकटेका २७ जना महिला सहभागि थिए । प्रथम हुने लाइ ५० हजार दोश्रो लाइ ३० र तेश्रो हुने लाइ २० हजार नगद तथा प्रमाण पत्र र साइकल उपहार दिएर सम्मान गरीएको थियो । साथै सहभागी २७ जना महिलाहरुलाइ साइकल उपहार प्रदान गरीएको छ । हरेक बर्ष राजदेवी मिडियाले प्रजातन्त्र दिवशको अवसर पारेर महिला साइकल दौड प्रतियोगिता गर्दै आएको सस्थाका अध्यक्ष रामपुकार राउतले जानकारी दिएका छन ।
कार्यक्रममा गौर नपा की उपमेयर किरण ठाकुरले महिला हरुको सशक्ति करणका लागी आफ्नै र परिवारको पहलमा यो प्रतियोगिता शुरुवात गरेको बताउनु भयो । सो कार्यक्रम लाइ रौतहटका बिभिन्न स्थानिय तहले आर्थिक सहयोग गरेको छ ।
रौतहट बाट प्रतिनिधीत्व गर्ने संघिय सासद, प्रदेश सासदहरु , बिभिन्न पाटीका नेताहरु , कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रौतहटका बिभिन्न स्थानिय तहका मेयर उपमेयर को उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न सामाजीक अभियान्ता , संचारकर्मीहरु लाइ राजदेवी मिडिया ले प्रशासा पत्रले सम्मान समेत गरेको छ ।