रौतहट । समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत प्रा. वि बौधा अज्गैवीमा विध्यालय स्तरिय सिकाई मेला सफलताका साथ सम्पन्न भएको छ ।
युनिसेफ र विस्व शिक्षाको सहयोग नेपाल सरकारको समन्वय र बौधिमाई न.पा, आर.डि.सी नेपाल रौतहट र विध्यालयको संयुक्त आयोजनामा विध्यार्थी, क्षिक्षक, अभिभावक लगायत अन्य स्थानिय सरोकारवालाहरु बिच बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्राप्तिका लागि सिक्ने सिकाउने वातावरण सृजना गर्ने हेतुले उक्त मेला आयोजना गरिएको हो। उत्त मेलाको प्रमुख आथित्व सोही वडाका वडाध्याक्ष गुदर यादव ले गर्नु भएको थियो भने विशिष्ट अथितिमा सोही न.पाका प्रमुख प्रसासकिय अधिकृत शरद कुमार भन्डारी, अथितिमा विश्व क्षिक्षाका सुख रत्न ब्रह्मचर्य र युनिसेफबाट पाल्नु भएकि जियन मोलिले गर्नु भएको थियो । नगरका साथै जिल्लामा समय समय्मा विभिन्न किसिमको मेला हुने गरेको तर सिकाई मेला जिल्ला मै पहिलो पटक आयो जना भएको कुरा कार्यक्रमका प्रमुख अतिथी ज्युले प्रस्ट पार्नु भयो ।
बालबालिकाहरुलाई पढाई प्रती प्रोत्साहित गर्न, अभिभावक लगाएत अन्य सरोकारवालालाई समेत गुणस्तरिय शिक्षा प्रती जागरुक गर्न गराउन यस्ता मेलाहरु आयोजना गर्नु पर्ने कुरा प्रमुख प्रसासकिय अधिकृत शरद कुमार भन्डारीले थप्नु भयो ।
उत्त कार्यक्रम विध्यालय स्तरिय भएता पनि नगर भित्र रहेका सम्पुर्न विध्यालयहरुको प्रतिनिधित्व रेहेको थियो ।
मेलामा जम्मा जम्मी ७ वटा स्टलहरु राखिएको थियो । जसमा २ वटा स्टलमा प्रारम्भिक कक्षा सिकाइका शैक्षणिक तथा सन्दर्भ सामागृहरु थिए भने बाकीमा विध्यार्थिका साथै स्थानियद्वारा निर्मित चित्रकला, हस्तकला, खाध्यान्नका सामाग्री, स्थानीय स्तरमा पाईने तरकारिहरुका स्टल समेत लगाईएको थियो ।
सम्पुर्ण सहभागिद्वारा स्टलहरुको पलैपालो अवलोकन गरि स्टलमा बसेका बालवालिकालाई प्रस्न सोधी छलफल समेत गरिएको थियो ।
निष्कर्ष स्वरुप, यस्ता शैक्षिक मेलाहरु प्रतेक विध्यालयमा प्रतेक वर्ष आयोजना गरिनु पर्ने र बालबालिकालाई गुणस्तरीय शिक्षा सम्मको पहुछमा सबै मिलि लाग्नु पर्ने कुरा प्रस्ट भयो ।