छोराको हातबाट बावुको हत्या

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीको देवीपर्सा टोलमा माघ २७ गते ७० वर्षीय वृद्धलाई विभत्स तवरबाट हत्या गर्ने मृतकको आफनै माइलो छोराको हात रहेको रौतहट प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गर्दै माघ २७ गते विहान करिव ३ देखि ४ बजेको समयमा गोठमा सुतिरहेका ७० बर्षिय फेकन पण्डित कुम्हारलाई उनकै २५ बर्षिय छोरा राजकुमार पण्डित कुम्हारले हथौडा र धारिलो हतियार प्रहार गरेर विभत्स तवरबाट हत्या गरेको प्रहरीले गरेको गहन अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरिक्षक रबीराज खड्काले जानकारी दिएको हो ।

माघ २७ गते विहान ६ बजेको समयमा अभियुक्त राजकुमार सहित स्थानीय बासिन्दाहरुले घटनाको जानकारी इलाका प्रहरी कार्यालय गंगापिपरामा गराएको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नविनकुमार सिह सहितको पाँच सदस्यीय टोली घटना स्थलमा पुगेर अनुसन्धान गर्दै जाँदा जटिल प्रवृतिको घटना भएपछि तत्कालै महोतरीको लालगढबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याएर अनुसन्धान गरिदा घटनामा मृतककै छोराको मात्रै संलग्नता रहेपनि निरन्तर रुपमा अनुसन्धान एवं सोधपुछ गर्दै जाँदा पिडक राजकुमारले आफनो अपराध स्वीकार गरेको एसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

माघ २६ गते ८ बजेको समयमा खाना खाएर फेकन गोठमा सुत्न गएको र राजकुमार ३ जना छोरा सहित श्रीमती घरमै सुतेको तर विहान ३ बजेको समयमा श्रीमतीलाई ओछ्यानमा नहेर्दा खोज्दै गोठमा पुग्दा त्यहा बसेको देखेपछि रिस थाम्न नसकी गोठमै रहेका घरेलु हतियार प्रहार गरेर वावुको हत्या गरेका थिए । छोरा राजकुमारले श्रीमतीलाई बावुको ओछ्यानमा हेर्दा रिसको आवेशमा आएर टाउकोमा हथौडाले ४÷५ पटक अन्धाधुन्ध प्रहार गर्नुका साथै धारिलो घाँस काट्ने गडासीले अनुहारमा ४÷५ पटक हिर्काएर हत्या गरेको थियो । हत्या गरेपछि घरमा आएर लुगा चञ्ज गरे । श्रीमतीलाई कसैलाई नभन्नु भनेका थिए ।

घटनापछि पिडक राजकुमार र उनको श्रीमती सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको सत्यता बाहिरीयो अभियुक्त अपराध स्वीकार गर । पिडिकको श्रीमती फागुन ७ गते जिल्ला प्रहरी कार्यालय श्रीमान विरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट फागुन ८ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी खड्काले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here