दलहरू एकजुट भई अघि बढेमा मात्र देश विकास सम्भव – बरिष्ठ नेता माधवकुमार नेपाल

फागुन २०, २०७६ रौतहट : नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले विकासका काममा पार्टीगत धारणा भन्दामाथि उठेर लाग्नु पर्ने बताएका छन्। मंगलबार रौतहटको गौरमा ऐतिहासिक कलाकुन्ज पुस्ताकालय भवनको शिलान्यास गर्दै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्।  बरिष्ठ नेता नेपालले देश विकासका लागि सवै राजनीतिक दलहरू एकजुट भई हातेमालो गरेर अघि बढेमा मात्र सम्भव हुने बताए। नेता नेपालले अर्को प्रसंगमा नेकपाभित्र देखिएको विवादबाट अहिले नै आत्ती हाल्नुपर्ने अवस्था नरहेको पनि बताए। अहिले देशको राजनीति राम्ररी ढंगबाट अगाडि बढिरहेको छ। पछिल्लो समयमा नेकपाभित्र देखिएको विवादबाट धेरै आत्ती हाल्नुपर्ने कारण नभएको बताए। उनलेभने, ‘ पार्टीकाे सामान्य विवादलाई हामी ब्यवस्थापन गर्ने छौं।’ नेता नेपालले कोरोना भाइरस जस्तो महामारीलाई रोकथाम गर्न सिंगो विश्व समुदाय एकजुट हुनु पर्ने जरुरी रहेको बताए। समयमै सजगता अपनाएकोमा सरकारकाे प्रशंसा गरे।

उनले कोरोना भाइरसको प्रभाव नफैलियोस् यदि फैलिहालेमा समयमै नियन्त्रण गर्नुपर्ने वताए। उनले त्यसका लागि विशेष व्यवस्थापन गर्न अति आवश्यक रहेको पनि बताए।  रौतहटको गौरमा २००४ सालमा स्थापना भएका कलाकुञ्ज पुस्तकालयको भवन जीर्ण बन्दै गएपछि तराई मधेस समृद्धि कार्यक्रम र विभिन्न दात्रृ निकायको लगानीमा चारतल्ले भवनको निर्माण गरिएकाे हाे। कलाकुञ्ज पुस्तकालयको नवनिर्माण भवन वरिष्ठ नेता नेपाल, युएइका राजदूत एच इ सहिद हामदन अल नकबी र गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ता संयुक्त रुपमा मंगलबार शिलान्यास गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here