समाजसेवी कन्थमनी जयसवालद्धारा ४२४ गरिब परिवारमा राहत वितरण

रौतहट । संकटमा नै सहि नेतृत्वको पहिचान हुन्छ । विपदको समयमा नै गरिब निमुखा जनतालाई साथ दिने र सहयोग गर्नेलाई नै असल नेतृत्वकर्ता भनिन्छ । यसमध्ये रौतहटमा एक मात्रै नेता कन्थमनी जयसवाल हुनुहुन्छ । निर्वाचनको बेला ठुल ठुला कुरा गर्ने कयांै सांसद र नेताहरु यतिबेला हराएका छन तर निर्वाचनमा पराजित भएका नेता कन्थमनी जयसवालले यतिबेला गरिब तथा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरिरहेका छन् । रास्ट्रिय जनता पार्टि राजपा नेपालका प्रभावशाली नेता कन्थमनी प्रसाद जयसवालले मंगलबार पनि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिब, असाहाय परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिब परिवारहरुलाई नेता जयसवालले खोजी खोजी आफनै व्यक्तिगत लगानीमा राहत बाडि रहेका हुन । रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले राहत वितरण अभियान नै चलाएका छन । नेता जयसवालले रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ का ३८, वडा नम्बर ३ का २७, वडा नम्बर ४ का ७२, वडा नम्बर ८ मा ३८ जना र गढीमाई नगरपालिकाको वडा नम्बर ३ का ४६, वडा नम्बर ४ का ४४, वडा नम्बर ९ का ११ तथा चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० का ५३ र मंगलबार गरुडा नगरपालिका वडा नं—७ भिमडावर र पिपरियामा ९५ जना गरी कुल ४२४ जना गरिब बिपन्न घरपरिवारलाई समाजसेवी जयसवालले आफ्नो निजी लगानीमा राहत वितरण गरेका हुन् । समाजसेवी जयसवालले आफ्नो निजी लगानीमा प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन तथा एउटा साबुन र एउटा माक्स बाँडिरहेका छन् । राहत बाँडिरहेका बेला समाजसेवी कन्थमनी जयसवाललाई विदेशबाट समेत बधाई आउन थालेका छन् । रौतहटबाट वैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले उनलाई बधाई तथा धन्यवाद दिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here