स्थानिय तहले बुझाएको राहत नामावली त्रुटिपूर्ण रहेको राजपा नेपाल रौतहट अध्यक्ष रामप्रवेश दास तत्माको ठहर, प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न जोरदार माग

======== = प्रेस बिज्ञप्ति ==========
मिति:-२०७७/०१/१०
” स्थानिय तहहरुले बुझाएको राहत नामावली त्रुटिपूर्ण रहेको प्रति राजपा नेपाल रौतहट द्वारा प्रदेश सरकारको ध्यानाकर्षण”

नेपाल सरकारले कोभिड-१९( कोरोना भाइरस ) को माहामारी बाट बच्न घोषणा गरेको बन्दाबन्दी( lockdown) ले सबभन्दा बढी बिपन्न, गरिव, दलित तथा ज्यालादारी गरि जिबिकोपार्जन गर्ने परिवारहरु यसको चपेटामा परेर कोरोना भाइरसको संक्रमण भन्दा पनि खाना नपाएर भोकै मर्न सक्ने अवस्थालाई मध्यनजर गरि प्रदेश-२ सरकारले राहत प्याकेज को नीति अवलम्बन गरि कार्यबिधी सहित स्थानीय तहहरुमा राहत पठाएको थियो।
सो कार्यबिधिमा सर्वदलीय समिति गठन गरि पीडित परिवारहरुको पहिचान गरेर राहत वितरण गर्ने भनिएको थियो।
प्रदेश सरकारको सो कार्यबिधीलाई टेकेर केही स्थानिय तहहरुले राहत वितरण कार्य सम्पन्न पनि गरेको अवस्था छ।
तर प्राय: धेरै जसो स्थानीय तहहरुले प्रदेश सरकारको सो कार्यबिधीलाई बाइपास गरि आफनो मनोपली ढंगले राहत वितरण नामावली तयार गरेर बिपन्न्न परिवारहरुको साट्टाे सम्पन्न परिवारहरुमा राहत वितरण गरेको देखियो।
बिपतको यस घडीमा स्थानिय तहहरुको यस्तो निन्दनीय गतिविधि चलिरहेको अवस्थामा प्रदेश सरकार द्वारा पुन: दोस्रो चरण को राहत प्याकेज घोषणा गरियो ।जुन प्रदेश सरकारको आफनै मातहतमा रहेका जिल्ला स्थित घरेलु तथा साना उधोग कार्यालय मार्फत राहत सामग्री खरिद गरि स्थानिय तहहरुले तयार पारेको राहत नामावली को आधारमा सिधै जनताहरुको घरमा राहत पुरयाउने भनिएको छ।त्यो एकदमै दुख:द पक्ष हो।
यसले पीडित परिवारहरुमा झन चिन्ता थपिएको छ।
यसले स्पष्ट हुन्छ, कि यसपाली पनि पीडित परिवारहरुले राहत पाउनेबाट बन्चित हुने अवस्था देखा परिरहेको छ।
यद्यपि प्रदेश सरकारको दोस्रो चरण को राहात प्याकेज स्थानिय तहहरुमा राहत अनुदान नपठाएर घरेलु तथा साना उधोग कार्यालयमा पठाउनु प्रदेश सरकारको यो कदम सराहनीय एवं स्वागतयोग्य छ।
तर राहत नामावली को सन्दर्भमा प्रदेश सरकारलाई सजग हुन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ।
साथै दोषी स्थानिय तहहरुमाथी अनुगमन गराइ कडा भन्दा कडा कार्यवाहीका लागि सम्बन्धि निकायसँग माग गर्दछौ।
र राहत वितरण कार्य गुणस्तर तथा प्रभावकारी बनाउन हुन प्रदेश सरकारसँग जोरदार माग गर्दछौ।
धन्यवाद , ” जयमधेश”

———————————–
रामप्रवेश दास तत्मा
जिल्ला अध्यक्ष
राजपा नेपाल, रौतह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here