स्वाब संकलन र चेकजाँचको दायरा बढाउन बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवको माग

रौतहट। नेपाल भारतको सिमा नाकामा अलपत्र परेका नागरिकलाई रौतहटको स्थानिय तहले उद्दार गरेर क्वारेन्टिनमा राख्न थालेपछि रौतहटमा क्वारेन्टिनमा बस्नेको संख्यामा बढदै जानथालेको छ । जिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टिनमा बस्नेको संख्या ६ हजार नाघेको हो । रौतहटको बृन्दावन नगरपालिकामा मात्रै ६ स्थानमा रहेको क्वारेन्टिनमा बस्नेको संख्या १६५ पुगेको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले बताएका छन् । सो नगर भित्र रहेको श्री नेपाल उच्च माबी बिश्रामपुरका क्वारेन्टिनमा ३६ जना, श्री सरवस्ती माबी हर्दिया पल्टुवामा रहेको क्वारेन्टिनमा १ जना , उच्च मावि सखुअवा धमैरामा रहेको क्वारेन्टिनमा ८ जना, प्रबि विद्यालय चमनपुरमा रहेको क्वारेन्टिनमा ४२ जना, उच्च माबी वर्गाजवामा रहेको क्वारेन्टिनमा ३ जना र भुसहा मर्दसामा क्वारेन्टाईनमा ७५ जना रहेको मेयर यादवले बताएका छन् ।

क्वारेन्टिनमा रहेका १६५ जना मध्य बिहिबार २५ जनाको स्वाब संकलन भएको बताएका छन् । नगर प्रमुख यादवले क्वारेन्टिनमा बस्ने हरुको स्वाब संकलन र चेकजाँचको दायरा बढाउन माग समेत गरेका छन् ।

सम्बन्धित निकायहरु सँग पटक–पटक माग गरेपनि कुनै सुनवाई नगरेको गुनासो नगर प्रमुख राम स्नेही यादवले गरेका छन् । मेयर यादवका अनुसार सो नगरपालिकाका क्वारेन्टिनमा बस्ने संख्या प्रत्येकदिन २० भन्दा माथि थपिदै जानथालेको हो तर सरोकार बालाहरुले परिक्षणको दायरा नबढाउदा पछि समस्या हुन सकने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here