कटहरिया वडा नम्बर ५ का १ सय ५० परिवारलाई ग्यास सिलिन्डर

Shared with Public

प्रकाश श्रेष्ठ कटहरिया ।राैतहटको कटहरिया नगर पालिस वार्ड नं ५ मा ग्यास सिलिन्डर पाउन वाकी लाई सोमबार एक कार्यक्रम बिच वितरण गरिएको छ । एक वर्ष पहिला ग्यास सिलिन्डर र चुलो बितरण गर्दा बाकी रहेका एक सय पचास परिवारलाई विकास प्रेमी वडा अध्यक्ष सर्फलाल गुप्ताले वितरण गर्नु भयाे ।

साे ग्यास सिलिन्डर र चुलो पाएका वार्ड ५ का जनताले वडा अध्यक्ष सार्फलाल प्रसाद गुप्ता लाई हृदय देखि धन्यवाद दिएका छन ।जनता विच अत्यन्तै लाेकप्रिय रहनु भएको वडा अध्यक्ष गुप्ताले दलित आदिवासी असहाय गरीबलाई धुवाँ मुक्त वडा बनाउन अाफुले १सय ५० घरपरिवार लाई ग्यास सिलिन्डर,चुलो सेट वितरण गरेकाे जानकारी दिनु भयाे ।

सो अवसरमा सशस्त्र प्रहरी क्यामप दुधियाभारका इन्स्पेक्टर देवीलाल गौतम , स्थानिय वडा सदस्य, उप मेयर का प्रतिनिधि ,नेपाल प्रहरी प्रशासन , पत्रकार सहित स्थानीय भद्रभलादमीको उपस्थितमा वितरण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here