रौतहट । साउन १५ गते रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास आज गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको हो । एक कार्यक्रमका बिच रौतहट प्रहरी प्रमुख एसपि रविराज खडकाले सिलान्यास गर्नु भएको थियो । हिन्दु परम्परा अनुसार पंडित द्धारा मन्त्रोउच्चारण गराइ सिलान्यास गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा एसपि रविराज खड्का रहनु भएको थियो भने अध्यक्षता यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले गर्नु भएको प्रहरी चौकी सुकदेव चौकका इन्चार्ज बबन झाले जानकारी गराउनु भएको हो । करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा पालिकाहरुले सहयोग गरिरहेका छन् । माधवनारायण नपाले १५ लाख,देवाही गोनाही नपाले १० लाख,परोहा नपाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको हो । उक्त भवनको केहि व्यक्तीहरुले व्यक्तीगत रुपमा पनि सहयोग गरेका छन् । नेपाली काँग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले रु २१ हजार नगद दिने घोषणा गर्नु भएको थियो । यस्तै अन्य व्यतीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यस अवसरमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया, माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादव,उपप्रमुख सिमल कुमारी साह,वडाध्यक्ष राजकुमार यादव,नन्दलाल यादव,नेपाली काँग्रेसका नेता नितिश कुमार गुप्ता सहित दर्जनौं व्यतीहरुको सहभागिता रहेको थियो । प्रहरी चौकीको पुरानो भवन जिर्ण बन्दै गएपछि नयाँ भवन निमार्ण हुन लागेको हो । एसपि खड्काको विशेष पहलमा उक्त भवन निमार्ण हुन लागेको हो ।पुष्पराजपुष्पराजजनमत पार्टीले रौतहटमा तिव्र रुपमा पार्टी विस्तार गर्दै रौतहट । साउन १५ गते रौतहटमा आज जनमत पार्टीको टोल इकाइ समिती गठन भएको हो । पछिल्लो समय जनमतले जिल्लामा आफनो पार्टीको विस्तार गर्ने योजना अनुरुप कार्यक्रम लाइ निरन्तरता दिएको हो । आज साउन १५ गते का दिन औरैयामा पार्टी विस्तार गरिएको हो । ईशनाथ नगरपालिका वार्ड न. २ को दखिनवारी टोलमा विभिन्न ४ वटा समितीहरु गठन गरिएको जनमत पार्टीले जनाएको हो । उक्त टोलमा ईकाइ समिति गठन, महिला जनमत संघ इकाई समिति, युवक जनमत संघ इकाई समिति, किसान जनमत संघ इकाई समिति गठन गरिएको जनमत पार्टीका जिल्ला सचिव विकास कुमार यादवले जानकारी गराउनु भएको हो । उक्त गठनको अवसरमा जनमत पार्टी का वरिष्ठ नेतृत्व मण्डल का केन्द्रिय सदस्य रमेश झा सहित जनमतका नेताहरुको उपस्थितिमा औरैया दखिनवारी टोला को महादेव मन्दिर को प्रागंन मा सम्पन्न भएको थियो ।