सशस्त्र भवन हस्तान्तरण, मेयर यादवले दरबन्दी थप गर्न गरे माँग

रौतहट । साउन १५ गते रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा सशस्त्र प्रहरीको लागि भवन हस्तान्तरण कार्यक्रम सम्पनन भएको हो । जिल्ला को गढीमाई नगरपालिकाका नगर प्रमुख (मेयर) श्याम प्रसाद यादवले हस्तातरण गर्नु भएको थियो । मेयर यादवको कार्यकालमा सो भवनको निर्माण कार्य समपन्न गरि बुझाइएको हो । आज गढीमाई नगरपालिकाको समनपुर वार्ड नं २ मा नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प समनपुर लाइ भवन हस्तान्तरण गर्नको लागि कार्यक्रम आयोजन गरिएको थियो । सशस्त्र प्रहरीको लागि सो भवन करिब ८० लाखको लागतमा निर्माण गरिएको उपभोक्ता समितीका अध्यक्ष अबधकिशोर ठाकुरले जानकारी गराउनु भएको हो । त्यस क्षेत्रको विभिन्न गाँउका व्यक्तीहरु सम्मिलित उपभोक्ता समिती मार्फत भवन निमार्ण गरिएको हो । कार्यक्रममा मेयर यादवको संगै रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे , सशस्त्र प्रहरी प्रमुख रविनराज कर्णजित,एसपि रविराज खडका,विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको रोहबरमा भवन हस्तान्तरण गरिएको थियो । यस अघि गाबिस समनपुरको भवनमा रहदै आएको सशस्त्र प्रहरीहरुको लागि छुट्टै भवन निमार्ण गरिएको हो । सशस्त्र प्रहरीहरु लाइ बस्न भवनको अभाव थियो अब यो समस्या टरेको हो । त्यसैले यहाँ दरबन्दी बढाउन सशस्त्र प्रमुख संग मेयर यादवले माँग गर्नु भएको छ । पहिला इन्सपेक्टरको दरबन्दी थियो त्यो कटौती गरेर सइको दरबन्दी दिएको हो । यो क्षेत्र बाढ प्रभावित क्षेत्र सहित विभिन्न समस्याहरु हुने क्षेत्र भएकोले दरबन्दी थप गर्न वहाँले माँग गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here