युवराज झा ——
गौर। नेपाली कांग्रेसको तराई मधेस समन्वय विभागको सदस्यमा अन्जु झाको मनोनय भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अजय चौरसिया संयोजकत्वमा रहेको सो विभागमा समाजसेवी झाको मनोनयन भएको हो । नेपाली कांग्रेस पार्टीले तराई मधेसको सबालमा खुलेरै छलफल गर्न विभाग बनाएको बुझिएको छ ।सो विभागमा समाजसेवी झाको मनोनयनलाई पार्टी कार्यकर्ता बिच काम गर्ने उत्साह बढाउने काम भएको नेपाली कांग्रेसका जिल्ला नेता गृष नन्दन कुमार सिंहले बताउनु भयो । समाजसेवी झाको मनोनयनले विभाग अझै सुदृढ हुने तथा तराई मधेश समन्वय विभाग पार्टी हितमा अझै महत्त्वपूर्णकाम गर्ने विश्वास प्रकट गर्नु भयो ।
को हुन अन्जु झा स्( नेपाली कांग्रेसको युवालाई नेतृत्व गर्ने नेपाल तरुण दलमा २०५८ सालमा केन्द्रीय पार्षद भई सकृय राजनीति गरि रहेका छन । सोही वर्ष देखि नै नेपाली कांग्रेसको सकृय सदस्यता लिनु भएको अन्जु झा । सामाजसेवामा सकृयता बढे पछि पार्टीको कार्यक्रममा कम सकृय भए । पार्टी संगठन तथा नेतृत्व संगको समन्वय र सम्पर्कमा निरन्तरता दिदै आएका झाको जिल्लामा राजनिती सकृयता बढेपछि पार्टी ले जिम्मेवारी थपि रहेको समाजसेवी अन्जु झाको सहयोगी सन्जय दासले बताउनु भयो ।