ईस्लामिक रिलिफ नेपालको सहयोगमा ईशनाथ नपाका ५०६ परिवारलाई न्यानो कपडा वितरण

युवराज झा

रौतहट । ईशनाथ नगरपालिकाका जाडो प्रभावित गरिब विपन्न ५०६ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
ईस्लामिक रिलिफ नेपालको सहयोगमा ग्रामिण बिकास केन्द्र नेपाल रौतहटले ईशनाथ नगरपालिका गरिब ,विपन्न ,अपाङ्ग ,एकल महिला लगायतका ५०६परिवारलाई जनही १२किसिमका न्यानो कपडा सहित कम्बल वितरण गरिएको हो ।
ओढ्ने बैलेन्केट फाइबर ,ओढने बैलेन्केट ,समर बैलेन्केट ,डसना ,फुल ज्याकेट÷स्विटर ,बालबालिकाको ज्याकेट÷स्विटर ,शाल ÷ओढनी ,उनको टोपी ,उनको मोजा ,थर्मोकोट ,म्याट्रेस तथा कपडा एक एक थान गरी १२ किसिमको जाडो छल्ने कपडा प्रति परिवारलाई वितरण गरिएको छ ।


उहा“ले वितरण कार्यक्रममा बजार जस्तो न्यानो कपडाहरुको स्टाल लगाइएको तथा न्यानो कपडा पाउने परिवारले आफै रोज्ने तथा इच्छा अनुसारको ७हजार ५सय मुल्य बराबरको न्यानो कपडा लिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा ईशनाथ नपाका नगरप्रमुख संतोष मेहताले वितरण कार्यक्रमको उदघाटन गर्दै शितलहरसंगै अत्यधिक चिसोबाट जोगाउन उद्येश्यले गरिब विपन्न्न परिवारका वृद्धवृद्धा महिला ,सुत्केरी महिला तथा बालबालिकालाई सहजता प्रदानकालागि न्यानो कपडा सहयोग स्वरुप उपलब्ध गराइएकोमा संस्थाको सराहना गर्नुभयो ।


केन्द्रका अध्यक्ष पारस हुसैनले ईस्लामिक रिलिफको सहयोगमा विगत ४ वर्ष देखि गरिब ,दलित तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्दै आइरहेको तथा जिल्लाको परोहा ,राजपुर ,यमुनामाई ,वृन्दावन ,गढीमाई चन्द्रपुर लगायतका पालिकामा वितरण समपन्न गरेको र यसवर्ष ईशनाथ नपाको ५०६ परिवारलाई वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा ईशनाथ नपाका मेयर संतोष मेहता ,उपमेयर हुस्ने आरा खातुन ,गौर नपाका उपमेयर किरण ठाकुर ,नेपाल प्रहरीका डिएसपी भरत श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here