उदयपुर सिमेण्ट उद्योगको नयाँ महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने

उदयपुर । उदयपुर सिमेण्ट उद्योगले दुई बर्ष पछि बल्ल नयाँ महाप्रबन्धक पाएको छ । यसपटक उद्योग मन्त्रालयले महाप्रबन्धक पदको लागि परेका दरखास्तहरुको मुल्यांकन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरि लोकसेवा आयोग मार्फत जाँच गरिएको थियो । व्यसायिक कार्य योजनाको प्रस्तुतीकरण गराउंदा विज्ञको रुपमा रामेश्वर खनाल लगायत पूर्व सचिवहरुलाई समेत मुल्यांकनकर्ताको रुपमा राखिएको थियो । त्यसैगरी पदाधिकारी नियुक्ति सम्बन्धि निर्देशिका अनुसार अनुभव र थप शैक्षिक योग्यताको समेत अंक दिंदा उत्कृष्ट ठहर भएका तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस हुंदा गोपीकृष्ण न्यौपानेको नाम एक नंबरमै थियो । यसरी छनौटको प्रक्रिया पूरा गरि नियुक्ति भएका महाप्रबन्धक न्यौपानेले आज उद्योगमा पदभार ग्रहण गर्दै सबैभन्दा पहिला कच्चापदार्थ, पेकिंग मेटेरियल्स, मर्मतसम्भार लगायतका कुराहरुमा ध्यान दिई पूर्ण क्षमतामा उद्योग संचालन गर्ने, थप क्षमता वृद्धिको लागि अध्ययन गराउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने, लागत कम गर्ने उपायहरुको खोजी गरि अन्य उद्योगहरु संग प्रतिष्पर्धी बनाउने मूख्य योजना रहेको जनाएका छ्न । यस बाहेक बैकल्पिक उर्जा, उद्योगको नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्ने तर्फ पनि योजना बनाएको पनि जनाएका छन । वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटहरुको मिश्रण गर्न सकिने तर्फ पनि अध्ययन गरि लागतको आधारमा उपयुक्त देखिएमा प्रयोग गर्न सकिनेगरी संभाव्यता अध्ययन गराईने योजना रहेको जानकारी दिएका छन । यस बाहेक उद्योगका कामदाररकर्मचारीहरुलाई उत्प्रेणात्मक सीप अभिवृद्धिमुखी तालीम संचालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने लगायतका कामहरू गर्ने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here