तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन

जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया खोलामा पानीको सहत बढेपछि तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बागमतीको पानीको सतह पाच सय मिलिभन्दा माथि रहे तटिय क्षेत्रमा खतरा हुने र अहिले बागमतीमा पाच सय ३० मिलि पानी मापन भएका कारण सतर्क रहन आग्रह गरेको बताए ।
जिल्लाका बागमती ,लालबकैया,चादी लगाएतका खोला तथा नदिमा पानीको सहत बढदै जादा जिल्लाका दक्षिणी भेगका गाउहरु डुवानमा पर्ने खतरा बढदै गएकाले जिल्ला प्रशासन कार्यलय रौतहटले सतर्क रहन आग्रह गरेको हो । बागमती र लालाबकैया खोलामा आउने बाढीका कारण जिल्ला सदरमुकाम गौर लगाएतका अन्य नगरपालिका हरेक वर्ष डुवानमा पर्दे आएकाछन् । गएराती देखीनै रौतहटमा भारी वर्षा भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here