मौलापुरमा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रममा लाखौको अनियमितता

रौतहटको मौलापुरमा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रममा लाखौको अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई  कामदारसहित युवा संघ नेपालका सचिवालय सदस्य रामकल्याण यादवले ज्ञापन पत्र बुझाएका छन । सोमबार जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर १०० दिन काम दिएर दैनिक प्रतिदिन ५१७ का दरले ज्याला भुक्तानी दिनु पर्ने प्रावधान रहेको भएतापनि ३५ देखि ४० दिन मात्र काममा लगाएको उनीहरुको आरोप रहेको छ । मौलापुर नगरपालिका अन्तर्गत प्रधानमन्त्री स्व रोजगार कार्यक्रम सञ्चालन गरि नाला,पिकनिक पार्क,मन्दिर परिसर सरसफाइ गराइएको थियो । मौलापुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा २६७ जनाले आवेदन दिएका थिए तर १८३ जनालाई मात्र छनौट गर्ने प्रवधान रहेको कार्यक्रम संयोजक सारदा अर्याल उर्फ सुमन अर्यालले बताउनु भयो । १८३ जनालाई राख्ने १०० दिन काम गर्ने र दैनिक ५१७ का दरले ज्याला दिने प्रबधान रहेको भएतापनि काम गर्न समय थोरै रहेकाले बजेट फ्रिज हुनबाट जोगाउन २६७ जनालाई नै काममा लगाइएको अर्यालले बताउनु भयो । छनौट भएका कामदारहरुले ५१ हजार १ सय ८३ रुपैया पाउनु पर्ने भएतापनि कामदारहरुसग खालि चेकमा सही गराई दुई वटा चेकबाट ५० हजार १ सय ८३ रकम झिकिएको तर कामदारहरुले ११ देखि १८ हजार सम्म मात्रै रकम संयोजक सुमन अर्यालले हातमा दिएकी भन्दै कामदाहरुको भनाई रहेको छ । कामदारको खाताबाट कति रकम भुक्तानी लिइएको हो सो रकम बराबरको रकम कामदारहरुले दिनु पर्ने युवा संघ नेपालका सचिवालय सदस्य रामकल्याण यादवले माग गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here