।
बिमलेश कुमार झा
रौतहट २०७८/४/४ अं बेलुका ६ बजे मौलापुर नगरपालिकाको मेयर तथा प्रधानमन्त्री स्व रोजगार कार्यक्रमका संयोजक सुमन अर्यालले लाखौं लाख भ्रष्टाचार गरेको खुलासा पार्दै रौतहट गौरको जिल्ला प्रशासन कार्यालय अगाडि कामदारहरुको संलग्नतामा युवा संघ नेपालका सचिवालय सदस्य रामकल्यन यादवले लेखिएको ज्ञपनलाई वाचन गरि सिडीयो अगाडि ज्ञापनपत्र बुझाएको छ।
मौलापुर नगरपालिका अन्तर्गत प्रधानमन्त्री स्व रोजगार कार्यक्रम संचालन गरि नाला,पिकनिकपार्क,मंदिर परिसर सरसफाइ गराई ३५ दिन कसैको ४० दिन कार्य भार गराइएको छ।
उक्त कार्यभार जति रकम नपाएको भन्दै यहाँका कामदारहरुले एक भिडियोको माध्यमले जानकारी गराका छन्।
प्रधानमन्त्री स्व रोजगार कार्यक्रममा २६७ जनाले आवेदन दिएका थिए तर १८३ जनालाई चयन गर्ने प्रवधान रहेको यस कार्यक्रमको संयोजक सारदा अर्याल उर्फ सुमन अर्यालले जानकारी गराएकी छिन्।
१८३ जनालाई राख्ने १०० दिन काम गर्ने र दैनिक ५१७ का दरले ज्याला दिने प्रबधान रहे पनि काम गर्न समय थोरै रहेकाले बजेट फ्रिज नहोस् भन्ने सोचले २६७ जनालाई काममा लगाइ बजेटलाई चलाइएका अर्यालले जानकारी गराइन्।
यस कार्यक्रम अन्तर्गत बैंक स्टेटमेन्ट अनुसार कामदारहरुको निजी खातामा ५१ हजार १ सय ८३ रुपैयाँ रहेको र कामदारहरु सँग खालि चेकमा सही गराइ दुई दुईवटा चेक च्याति निजको खाताबाट ५० हजार १ सय ८३ रुपैया रकम झिकिएको तर कामदारहरुले ११ देखि १८ हजार सम्म मात्रै रकम संयोजक सुमन अर्यालले हातमा दिएकी भन्दै कामदाहरुले भिडियो मार्फत जानकारी गराएका छन्।
उपर्युक्त शैलीलाई निरीक्षण गर्दा अर्यालले लाखौंको भ्रष्टाचार गरेको यादवले दाबी गरेका हुन्।
उपयुक्त सम्पूर्ण जानकारीका लागि संयोजक सँग कामदारको नाम, कति जनाले काम गरेको दिन,भुक्तानी गरेको लिस्ट, हरेकको चेकबाट ५० हजार उठाउने तर ११ हजार देखि १८ हजार सम्म मात्रै दिने यो सम्पूर्ण क्रियाकलापहरु
बारेे विवरण माग गर्दा (आफ्नो घरै बेचेर त दिने होइन नि, बाहिर छु, व्यस्त छु, म भिडियोमा बल्दैन )भन्दै फोनमा आलटाल गरेकि छिन्।
उहाँको सम्पूर्ण व्यवहारलाई देख्दा कामदारको कमाइ बाट मौज- मस्ति गर्दै गरेको अनुमान गर्न सकिन्छ ।
जे जति रकम खाताबाट झिकिएको छ त्यो सबै रकम कामदारहरुले फिर्ता पाउनु पर्छ भन्दै यादवले प्रशासन कार्यालय अगाडि जोडदार रुपले माग गरेका छन्।