वाचा पुरा गरे रौतहटको माधव नरायण नपा ८ को वडा अध्यक्ष कुश्वाहा ,स्थानिय हर्षित

रमेश कुमार यादब श्रावण ०६ ,रौतहट रौतहट जिल्लाको पुर्बी भेगमा पर्ने माधव नारायण नगरपालिका वाड न ८ पिपरा रजवाडामा भएका बिकासले स्थानियबासी खुसी भएका छन ।माधव नारायण नगरपालिका वाड न ८ पिपरा रजवाडा क्षेत्रमा भएका बिकास सम्पुर्ण बस्तिका बासिन्दाहरु लाभान्वित हुँदा धेरै नै खुसी महसुस गरेका छन । स्थानिय निर्वाचनको समयमा माधव नारायण नगरपालिका वाड न ८ पिपरा रजवाडाका अध्यक्ष जितेन्द्र प्रसाद कुशवाहाले प्रतिबद्धता जनाए अनुसार आफुले काम गरेका बताएका छन । आफु आउन भन्दा अघि यो ठाउँको अवस्था निकै नै दैनिय रहेको वडा अध्यक्ष कुश्वाहा बताएका थिए । माधव नरायण नगरपालिका वार्ड नं. ८ पिपरा राजवाडामा म आउनु भन्दा अघि यो ठाउँमा एउटा बैलगाडा निस्किने सडक पनि नरहेको र नालाको बिकाश नहुँदा पानि पनि घरमै पस्ने रहेको थियो ।यो भन्दा अघि रहेको नेताहरु आएको बजेट आफैँ गोजिमा राखि ब्रहमलुट बनाउदा त्यस गाउँमा बिकाश नभएको थियो ।त्यसता नेताहरुलाई तह लगाउनमा पनि स्थानियले पछाडी नपरेको वडा अध्यक्ष कुश्वाहा बताउनु भएको थिए । माधव नरायण नगरपालिकाको वडा नम्बर ८ अन्र्तगत रहेका करिब ७०० सय घरधुरीले निमार्ण गरेका सडक ,स्कुल ,मन्दिरबाट लाभन्बित रहेका अध्यक्ष कुश्वाहा बताउनु भयो । स्थानियले निर्वाचनमा आफुलाई विजय गराएमा विद्युत ,खानेपानी , सडक ,नाला ,कृषि तथा शिक्षा जस्ता आधारभुत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर आफ्नो कार्य अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुसार ती सबै कामहरु पुरा गरेकामा स्थानिय हर्षित भएका छन । माधव नरायण नगरपालिका ८ का बिभिन्न स्थानहरुमा सडक ,नाला , विद्यालय , तथा कृषि विद्युत लाइन केही महिना अगाडी नै स्थानियले उपभोग गर्दै आइरहेको वडा अध्यक्ष कुश्वाहा बताएका छन । उक्त वार्डमा कृषिलाई बढि प्राथमिकता दिई कृषिको लागी खेतहरुमा कृषि लाईन बितरण पनि गरेका बताएका छन ।माधव नरायण नगरपालिकाका ९ ओटा वडाहरुमध्ये वडा नम्बर ८ मा विकासको गति तिब्र रुपमा लिइएको अन्य क्षेत्रका नागरिकहरुले बताउदै आएका छन । सुगम नगरपालिकाको रुपमा परिचित माधव नरायण नगरपालिकाको वडा नम्बर ८ पिपरा रजवाडामा विगतका दिनहरुमा हिलाम्मे सडकमा हिड्न बाध्य रहेका थिए । तर स्थानिय निर्वाचन पश्चात विजयी हुनु भएको वडा अध्यक्ष कुश्वाहाले वडाका हरेक सडकहरु पिच गरिसकेका छन । आफ्नो कार्यकाल अब १ बर्ष रहेका बताउनु हुदै अगामी दिनमा स्थानिय दक्ष र योग्य नागरिकहरुलाई रोजगारीको अवसर सिर्जना गरि बिशेष गरि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बेरोजगार समस्याको अन्त्य गर्ने अध्यक्ष कुश्वाहा बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here