वडा अध्यक्ष हरिभजन साहले सुरक्षा आवासको रकममा गरेअनियमितता, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी ।


बिमलेश कुमार झा
रौतहट ८ साउन
जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरिभजन साहले सुरक्षा आवासको रकममा अनियमितता गरेको आरोपमा उक्त वडाकै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
संघीय सरकारको सहरी विकास मन्त्रालय बाट अति गरिब,दलित तथा असहाय नागरिकहरुको घरको छानो (झोपडी मुक्त ) बनाउन सुरक्षा आवासमा करिब ५० हजार रकम आएकोमा कटहरिया नपा ७ का वडा अध्यक्ष हरिभजन साहले आफ्नो नजिकको व्यक्ति तथा आफ्नो पार्टीका व्यक्तिलाई पहिचान गरि उनिहरुकै नामावली पेस गरि रकम वितरण गरेको स्थानीयहरुको आरोप रहेको छ।
वास्तविक गरिबहरुको नाम नराखि धनीहरुको नाम टिपोट गरि कामलाई अगाडि बढाइएको भन्दै वडन नं ७ मै बसोबास गर्न सयौंको संख्यामा आज वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
कटहरिया नपा वडा नं ७ मा बस्ने सम्पूर्ण गरीबहरुलाई पहिचान गरि रकम वितरण गर्नका लागि समेत स्थानीयहरुले माग गरेका छन्।

वडा अध्यक्ष हरिभजन साहले धनीहरुको नाम राखि व्यापक भ्रष्टाचार गरेको स्थानीयहरुको आरोप रहेको छ।

वडा अध्यक्ष साह सँग सम्पर्क गर्दा केही गरिबहरु छुटिएका होला नियमावली वडा सदस्यहरुले बनाएको हो भन्दै साहले जानकारी गराउनु भयो ।
छुटेका गरिबहरुको नाम बारे बसेर छलफल गरौ भन्ने अध्यक्ष साहको भनाइ रहेको छ।

वडा नं ७ मा बस्ने कोही गरिबहरुको नाम छुटियो वा रकम पाइएन भन्ने यो भन्दा पनि कडा विरोध गर्छो भन्दै याहाँका स्थानीयहरुले चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here