भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

८ साउन
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।
पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। यसबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।
यसअघि सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौं आएका थिए। प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौं पुगेर रावललाई भेटेको थियो । उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here