दोषी त भेटियो तर न्याय चाहिँ भेटिएन: पीडित परिवार ।


बारा २०७८ साउन १६ गते
वि.सं २०७८ वैशाख ३१ गतेका दिन घटेको घटना हो।
वि.सं.२०७८ वैशाख ३१ गतेका दिन सिम्रौनगढ नपा ७ खजानि बाट उक्त नपा २ नायका टोल भन्ने गाउँमा जन्ती जाने क्रममा सिम्रौनगढ नपा १ बस्ने धर्म देव महतोको छोरा लवकुश राज कुशवाहाको भारतीय नंबर BR 01 AY 9368 गाडीमा सिम्रौनढ नपाका उपमेयर रिमा देविको सरकारी गाडी ना १ झ १६४४ मा सवार निजको श्रीमान् जयन्त कुशवाहा पनि उक्त गाडीमै सवार भइ जन्ती जाने क्रममै पछाडि बाट गाडी कुदाउन खोज्दा गाडीलाई नियन्त्रण गर्न न सकेर लवकुश कुशवाहाको गाडीमा ठक्कर दिएको थियो । उक्त ठक्कर दिदा निजको गाडीको पछाडि पट्टीको भागहरु पूर्ण रुपमा क्षती भएको थियो । उक्त क्षती बारे जयन्त कुशवाहा सँग जाच बुझ गर्न जादा जयन्त कुशवाहाले लवकुश कुशवाहा माथि हातपात गरेको लवकुश कुशवाहाले बताएका छन्।
दुबै पक्षबाट हातपात हुँदा लवकुशले आफ्नो हातको औलामा लगाएका चाभीको चुच्चोबाट जयन्तको आखाको तल्ल पट्टी हान्दा घाउलागेको थियो जुन हामी फोटोको माध्यमले हेर्न सकिन्छ ।

उक्त घाउको निहुमा उपमेयरको श्रीमानले आफ्नो सयौं मानिस बोलाइ सबैको हातमा लठ्ठी ,फाठा रहेका स्थानीयले बताए । जयन्तले लवकुशको ज्यानै मार्ने योजना बोकेका देखेर दुलही पक्षले कुशवाहालाई लुकाएको थियो ।
त्यो स्थाबाट अन्तै लुकेको थियो तर त्यो स्थानमा कुशवाहालाई खोजी गर्दा कुशवाहा न भेटदा निजको घरमा पुगि निजको बुबा माथि हातपात गरेको लवकुशको बुवा धर्मदेवले भिडियो मार्फत बताएका छन्।
लवकुशलाई जति खोजी गरे पनि नभेटेको आक्रोशमा जयन्त र उनको मान्छेहरुले गाडीलाई अन्तै खेतमा लगि तोडफोड गरि गाडीमा आगो समेत लगाइएको थियो ।
आगो लगाइएको भोलिपल्ट पिडीत परिवारले गाउका मान्छेलाई भेला गरि पञ्चायत गर्ने योजना बनाइएको खबर उपमेयरलाई थाहा पाउँदा निजको श्रीमान् जयन्तले लवकुश कुशवाहाको भतिज प्रिन्स राजको टाउको फुटाएको थियोे । प्रिन्सको टाउको फोरेको खबरले गाउमा त्रास पैदा भइ उक्त पञ्चाय रद्द भएको कुशवाहा परिवारले बताएका छन्।

पञ्चायती द्वारा समाधान नहुने हेरेर यो सबै घटना बारे नजिकै रहेका प्रहरी चौकीमा पुगि उजुरी दिदा उक्त मुद्दा बारे छानबिन गरि मुद्दा दर्ता भइ जिल्ला अदालत कलैया द्वारा इजलास सुरु हुँदा मिति २०७८ साउन १४ गते को निर्णयले लवकुश कुहवाहा परिवारक‌ विजयी भएका छन्। अदालका फैसला अनुसार जयन्त र उक्त घटनामा संलग्न सबै प्रतिवादीहरुलाई पक्राउ गरि कानुन अनुसार प्रक्रिया अगाडि बढाउन निर्णय रहेको छ।
तर नजिकै रहेका ई.प्र. ले जयन्तलाई पक्राउ गर्न जादा निजले फरार रहेको भन्दै खजानी प्रहरी चौकिका ईन्चरर्ज जगदीश प्रसाद यादवले ठूलो कार्यालयमा पत्र पठाएको देखिएको छ।

तर उपमेयर रिमा देविको श्रीमान् जयन्त सँग सम्पर्क फोन उठाएको तर त्यस विषयमा कुनै जानकारी नगराउने उनको मानसाय बुझिएको छ। निजले अहिले काहा बस्को छ भन्ने बारेमा पनि केही जानकारी गराएका छैन । उनकी श्रीमती र उक्त न.पाको उपमेयर रिमा कुमारी सँग सम्पर्क गर्दा लवकुश को भारतीय गाडी चोरीको रहेको र यो सबै आरोप राजनीतिक षड्यन्त्र हो भन्ने यो सबै षड्यन्त्रमा मेयर विजय शंकरको हात रहेको भन्दै उपमेयरले दाबी गरेकि छिन् ।
जबकि कुशवाहाको गाडीको कागज जाँच गर्दा कागज ठिक रहेको बुझिएको छ।
जयन्तले केही गरेको छैन भन्ने किन उहाले फरार छ? भन्ने प्रश्न गर्दा उहाँ एउटा नेता भएका कारण बाहिर बस्ने उहाँको कर्तव्य रहेको उनको श्रीमती अर्थात उपमेर रिमा देविले बताईन्।
जयन्त काहा बस्को भन्ने सोध्दा पनि उहाले ठाउँ बारे केही जानकारी गराउन तयार हुनु भएको छैन ।

उपमेयरको घर परिवारको डरले गर्दा पुरै गाउँ त्रसित हुन्छ भन्दै याहाको एक स्थानिको भनाइ रहेको छ।
पडित परिवारले न्याय पाउनु पर्छ भन्नेआशामा याहाँका स्थानीयहरु तथा लवकुश कुशवाहा परिवारले आशावादी बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here