रौतहटमा घरेलु मदिरा बनाउने भट्टी प्रहरी द्वारा नष्ट।


बिमलेश कुमार झा
रौतहट १७ साउन
रौतहट जिल्ला अन्तर्गत अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत घरेलु मदिरा बनाउने भट्टी नष्ट गरिएको हो। आज मिति २०७८।०४।१७ गते यस जिल्ला प्रहरी कार्यालय, रौतहट र मातहत प्रहरी ईकाईहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.६ स्थितमा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा बनाउने भट्टी ३ वटा फुटाई, कच्चा पदार्थ अं.१,०००।- लि., तयारी मदिरा अं.५० लि. नष्ट र ड्रम-५ वटा सानो गैलन ६ वटा बरामद भएको हो। ऐ मितिमा जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.४ स्थितमा घरेलु मदिरा बनाउने भट्टी-३ वटा फुटाई, कच्चा पदार्थ अं.२,०००।- लि., नष्ट गरी ड्रम-५ वटा बरामद गरेको सो भट्टीहरु को-कसको स्वामीत्वमा संचालनमा रहेको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here