बिधार्थी भर्ना गर्ने बिषयमा रौतहटको माधबनारायणमा झडप, दर्जनौ घाइते ।


बिमलेश कुमार झा।
रौतहट साउन १७, रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ४ मानपुर बिसुनपुर्वामा दुई पक्ष बिच झडप हुँदा आइतबार दुई दर्जन भन्दा बढि व्यक्ति घाईते भएका छन् ।

श्री मा.बी बिसुनपुर्वाका पुर्व अध्यक्ष देवनारायण भगत माली र प्रधानाध्यापक राजेश यादब, पारस भण्डारी को समूह र स्थानीय माओवादी नेता एवं वडा नं ४ का वडा अध्यक्ष रामदेनि मुखियाको समूह बिच झडप भएको स्थानीयले बताएका छन् ।
दुबै समूह बिच विद्यालयमा बिधार्थी भर्नाको निहुँमा झडप भएको स्थानीयहरुको भनाइ रहेको छ।
घाईते मध्ये पारस भण्डारी पक्षको घाईतेहरको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष पक्षका घाईतेहरूको उपचार अनामिका हस्पिटल गरूडामा भईरहेको प्रहरीले जनाएको छ ।
उपचारकै क्रममा मुखिया पक्षका दुई जना मानिसहरुको स्वास्थ्य अवस्था गम्भिर रहेकोले बिरगंज तराई हस्पिटलमा रिफर गरिएको अनामिका होस्पिटलले जनाएको छ भन्ने भण्डारी पक्षका केही मानिसहरुलाई काठमाडौ रिफर गरिएको रौतहट ग्राण्डी अस्पतालले जानकारी गराएको हो।

उक्त झडपको समाप्ति पछि ऐ.बस्ने भिखारि भण्डारीले आफ्नो गर्भवती बुहारी ममता भण्डारीलाई समेत कुटपिट गरेको बताएका छन । निज महिलाको अवस्था सामान्य रहेको उक्त अस्पतालका एक डाक्टरले जानकारी दिएका छन् ।
महिलालाई केही नगरेको तर पनि मुखियालाई फसाउनको लागि झुठो आरोप लगाइएको तथा यो सब भण्डारी पक्षको र प्रधानाध्यापकको राजनीतिक षड्यन्त्र रहेको स्थानियहरुले बताएका छन ।
सम्पूर्ण घाइते भएका मानिसरुको अवस्थामा धेरै सुधार आएको दुबै अस्पतालका डाक्टरले बताए ।
बिधालय व्यबस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत बैशाखमा निधन भएको थियो।अब हुने अध्यक्षको निर्वाचनमा अध्यक्षमा जित्ने मनासायले बिधालयमा राजनिति चलखेल हुन थालेको एक शिक्षकले नाम नबताउने शर्तमा बताएका छन् ।

जसपा पक्षका मानीने स्वर्गिय अध्यक्ष मालिका नाति पारस भन्डारी सहित प्रधानाध्यापकको टोलिले आफू अनुकुल कै मान्छे अध्यक्ष हुनुपर्ने सोच बनाएकोले बिधालयमा पटक पट्क बिबाद हुने गरेको खुलेको छ।
बलपुर्वक र्बिधार्थी भर्ना गर्न दबाब दिएपछि दुई पक्ष बिच भनाभन भइ झडप उग्ररूप लिएको भनि प्र.अ. राजेश यादवले बताए। अफिस भित्र हो हल्ला भई भएको हातपात भएको तथा दुबै पक्षबाट बास,लाठी लिएर बाहिरबाट आएका ब्यक्तिहरु बाहिर फिल्डमा एक अर्कालाइ प्रहार गर्न थालेपछी गाउले त्रसित बनेका थिए।

बिधार्थी भर्नाका लागि गत अषाढ मसान्त सम्म विदयालयले आहवान गरेको थियो । विद्यार्थी भर्नाको लागि तोकिएको समय सीमा सकिएको भए पनि वडाध्यक्ष पक्षका केही ब्यक्तिहरु आई बलपुर्वक भर्ना गर्न दबाब बनाउन खोजेको र नमान्दा हाथपात गर्न खोजेकोले बिबाद भई झडप भएको प्र.अ यादवले जानकारी गराएका छन । यस विषयमा वडाध्यक्ष मुखिया सँग बुझ्दा यो सबै एउटा जन निर्वाचित प्रतिनिधीलाई फसाउन तथा काम गर्न नदिने राजनीतिक षड्यन्त्र भएको तथा दलित जनजातीलाई हेप्ने र बदनाम गर्ने प्रयास भएको बताउदै विद्यालयले गत असार मसान्त सम्म विद्यार्थी भर्ना गर्ने भनेकोमा बिगत लामो समय देखि कोरोनाका कारण स्कुल बन्द रहेको तथा गाउका सोझा, गरिब किसानहरु खेती किसानीमा ब्यस्त रहेको र न्युन जनचेतनाका कारण अझ धेरै जना अभिभावकहरुले बच्चाहरुको नाम लेखाउन नसकेकोले नाम लेख्न अनुरोध गर्दा प्र.अ. ले बेवास्ता गरी बच्चाहरुको भबिष्यसंग समेत खेलबाड गरिरहेको बताऊदै प्र.अ. यादवको कारण गाउका धेरै गरीबहरुको छोरा छोरीको समयमै भर्ना नगरिएको र निजले विद्यालयलाई राजनिति गर्ने अडा बनाएको मुखियाले बताएका छन् घटना बारे थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here