हातेमालो सामुदायिक बनको मनलाग्दी तंत्र कोठे साधारण सभा उपभोक्तालाई झुक्काउने खेल।

रौतहट १९ भदौ

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित एक सामुदायिक वनले गत मंगलबारदेखि दैनिक रूपमा साधारणसभा गर्दै आएको रहस्य खुलेको छ ।
डिभिजन बन् कार्यालय रौतहटले बाट नजिक रहेको हातेमालो सामुदायीक वन उपभोक्ता समूहले वार्षिक साधारणसभाको नाममा नयाँ जुक्ति फेला पारेको तथ्य बाहिरिएको छ । भनिन्छ कहीं नभएको जात्रा हाँडी गाउँमा भने झै यसरी लगातार दिनदिनै साधारणसभा गर्ने अन्यत्र कतै नभएर रौतहट मै नयाँ जात्राको मञ्चन गरिएको पाइएको हो ।
स्थानीय बुद्धिजीवी, नगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई समेत बाइपास गर्दै भदौ १५ गते देखि २५ गते सम्मको दैनिक लगातारको १० दिने कोठे साधारण सभाको योजना बनाएको हातेमालोको सेटिङ सतहमा आएको छ ।
लगभग ६ सय ५० माथि उपभोकता रहेका सो सामुदायीक बनको साधारण सभा कोठामा सीमित उपभोक्ताहरुको मात्र सहभागितामा भएको कोठे साधारणसभा पहिलो पटक देखेको सभामा सहभागी उपभोक्ताले बताए । यस अघि हुनेगरेको साधारण सभामा सार्वजनिक सूचना प्रकाशन,प्रशारण गरेर सबै उपभोक्ताहरुलाई उपस्थित गराएर तमाम उपभोक्ताहरुबिच समूहको वार्षिक प्रगति विवरण,लेखापरीक्षण प्रतिवेदन सार्वजनिक रूपमा गर्ने गरिएको भएतापनि यसपटक भने त्यसो नभएको सीमित सीमित उपभोक्ता लाई मात्र बोलाएर कोठे साधारण सभा गरिनु तमाम उपभोक्ताको आँखामा छारो हाल्ने काम मात्र भएको उपभोक्ताहरूको आरोप रहेको छ ।
साधारणसभा नगरिकन काठ बिक्री वितरण गर्न नमिल्ने भएको हुँदा कोरम पुर्याउने उद्देश्यले मात्र साधारण सभाको नाममा पृथक पृथक रूपले उपभोक्तालाई उपस्थित गराएर मिनुटमा सहीछाप गराउने काम मात्र भएको हुँदा सो सामुदायीक बनको कार्यशैली प्रति आम उपभोक्ता रुष्ट हुनु स्वभाविक भएको सोही सामुदायीक बनका पूर्व अध्यक्ष कुल बहादुर ठोकरको भनाइ रहेको छ ।
कोरोना संक्रमणको जोखिम न्यून भएको कारण विद्यालय,बजार,हाटबजार तथा सिनेमा हल हरु समेत खोल्न सरकारले अनुमति दिइसकेको अवस्थामा कोरोनाको निहुँ पारेर कहीं कतै नभएको साधारण सभाको नाममा भएको हातेमालो सामुदायीक वनले गरेको गरेको कोठे साधारण सभा मान्य नहुने र सो सभालाई बदर गर्न तत्काल पत्राचार गर्ने डिभिजन बन् कार्यालयका प्रमुख अमर देव यादवले बताए ।
‘ भनेको आफैमा एउटा सार्वजनिक सुनुवाई जस्तै हो ‘ कार्यालयले गरेका कामको समीक्षा एबम् भावी कार्यदिशा के के हुन् आय व्यय तमाम उपभोक्ताहरुलाई एकमुष्ठ उपस्थित गराएर पारदर्शी रूपले गरिनुपर्ने कालापानी सामुदायीक बनका अध्यक्ष सन्तबहादुर पाख्रिन बताउँछन् ।
अघिल्लो आर्थिक वर्षमा सो सामुदायीक वनले अनियमितता गरेको पाइएपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग समेतले अनुसन्धान थालेको र उक्त सामुदायीक बनको आवश्यक कागजात झिकाई अनुसन्धान र छानबिन अख्तियारबाट जारी रहेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here