बिमलेश कुमार झा
रौतहट २७ भदौ २०७८
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको पाचौँ नगर अधिवेशन आइतवार भव्यताका साथ सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षको लागि अषाढ १० गते सम्म बजेट ल्याइनु पर्ने संवैधानिक व्यवस्था रहेकोमा प्राविधिक समस्याको कारण ढिलो भएर नगर सभाको अधिबेशन आज सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०७८/०७९ को लागि बौधिमाई नगरपालिकाले रु ४३ करोड ६ लाख ६३ हजार ८ सय ६३ रुपैया बजेट ल्याएको छ ।
नगर प्रमुख राजीव रंजन यादवले २० पृष्ठको प्रस्तुत गरेका निति तथा कार्यक्रम कार्यान्वयनको लागि आ.व. २०७८/०७९ को कुल अनुमान आय रु ४३ करोड ६ लाख ६३ हजार ८ सय ६३ रुपैया अनुमान गरिएको छ र व्यय तर्फ आन्तरिक आयबाट रु ४० लाख संघिय सरकार राजशव बाँडफाँड बाट रु ७ करोड ४४ लाख ८३ हजार , संघिय सरकार वितिय समानिकरण बाट ११ करोड २८ लाख संघिय सरकार सर्शत अनुदान १२ करोड ३७ लाख, प्रदेश सरकार वित्तीय समानिकरणबाट ७६ लाख ६६ हजार,प्रदेश सरकार राजशव बाँडफाँड ३० लाख ८४ हजार ८ सय ६३, सडक बोर्ड २१ लाख तीस हजार सामाजीक सुरक्षा अनुदान १० करोड बहुक्षेत्रिय कार्यक्रम बाट २८ लाख मात्र बजेट प्रस्तुत गरिएको छ।
समृद्ध नगर , खुसि नगरबासीको लक्ष्य सहित सार्वजनिक गरिएको नीति कार्यक्रममा सम्मुनत ,सुरक्षित तथा बातावरण मैत्री सुन्दर शहर , सुशासनयुक्त पर्यटकीय र समृद्ध बौधिमाई नगर भन्ने दुर दृष्टि सहित नगरको एकीकृत विकासका लागि गुरुयोजना बनाउने नगर प्रमुख यादवले जोड दिइएका छन् ।
शिक्षा प्रणालीलाइ आर्थिक सामाजिक रुपान्तरणको संवाहकको रुपमा , स्वास्थ्य नगरवासी ,समृद्ध नगर भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
कृषि , पूर्वाधार , खेलकुद , महिला सशक्तिकरण , युवाको विकासमा विशेष जोड दिइएको नगर प्रमुख यादवले बताएका छन् ।
नीति कार्यक्रम प्रस्तुत गरेपछि नगर अधिवेशनलाइ सम्वोधन गर्दै नगर प्रमुख यादवले यो बजेट अवधिको अन्तिम बजेट भएकोले रचनात्मक ढंगको विकासको कार्य गर्नु पर्ने निर्वाचित जान प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
विकास निर्माणको कार्य साउन महिना देखि नै तिब्र रुपमा गर्नु पर्ने जोड दिदै मेयर यादवले आ आफ्नो दायित्व राम्रो सँग निर्वाह गर्दै जनता को मन जित्ने कार्य गर्न हुन् सुझाव दिएका छन् । जनताको इच्छ अकंछा पुरा गर्ने जनप्रतिनिधिको कर्तव्य रहेकोले सोहि अनुसार कार्य गर्न निर्देशन समेत दिएका छन् ।
नगर सभामा निर्वाचित जनप्रतिनिधिहरुको पूर्ण उपस्थति रहेको तथा शान्तिपूर्ण बातावरणमा नगर सभा सम्पन्न भएको छ।
रौतहटमा रहेको १८ स्थानीय तह मध्ये १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याई सकेका छन् भने , देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले बजेट ल्याउन सकेका छैन ।