परोहामा पोषणयुक्त नमूना गाउँ परियोजनाद्वारा स्वास्थ्य संस्थाहरुलाई चिकित्सा सामग्री तथा उपकरण सहयोग

परोहा ।  बि.एम.जेड. (BMZ) एवं वेल्टहँङ्गरहिल्फे (WHH) को सहयोग, फरवार्ड नेपालको साझेदारी र परोहा नगरपालिकाको समन्वयमा रौतहटको परोहा नगरपालिकामा पोषणयुक्त नमूना गाउँ परियोजनाले पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुलाई चिकित्सा सामग्री तथा उपकरण सहयोग गरेको छ । परोहा अस्पताल, ६ वटा स्वास्थ्य चौकी (जिन्गडवा बेलबिछ्वा स्वा.चौ., तेजापाकड़ स्वा.चौ., लौकाहा स्वा.चौ., बसन्तपट्टि स्वास्थ्य चौकी, नरकटिया स्वा.चौ. र रामपुरखाप स्वास्थ्य चौकी) मा मिति २०७८ भदौ ३१ गते उक्त सामाग्रीहरु हस्तान्तरण गरियो भने बाँकीका तिन वटा आधारभूत स्वास्थ्य केन्द्रहरुमा एक-दुइ दिन भित्र हस्तान्तरण गर्ने योजना रहेको त्यस परियोजनाका परियोजना तथा पैरवी अधिकृत दिपनारायण ठाकुरले जानकारी गराउनु भयो ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा प्रत्येक स्वास्थ्य चौकी/ अस्पताललाई सर्जिकल मास्क (२००० थान), KN-95 मास्क (५०० थान), PPE सेट (२० थान), फेस शिल्ड (५० थान), स्यानीटाईजर (२० लिटर), इन्फ्रारेड थर्मोमिटर (५ थान), पल्स अक्सिमिटर (५ थान), डीसइन्फेकटेन्ट (२० लिटर), नेबूलाईजर (२ थान) र ग्लोभ्स (२० प्याकेट) गरि एक लाख चार सय ३० रुपैयाँ बराबरको सामग्रीहरु थिए । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख दिपेन्द्र राय, नगरपालिका प्रतिनिधि, स्वास्थ्य संयोजक लगायत केहि वार्ड प्रतिनिधिहरु  समेत उपस्थित हुनुभएको थियो ।

यो सहयोग स्वास्थ्यकर्मीहरुमा संक्रमणको जोखिम न्यूनीकरण तथा स्वास्थ्यसंस्थालाई सबलीकरण गर्नको लागि गरिएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here