समाजवादी प्रेस संगठन रौतहटको अध्यक्षमा मदन ठाकुर



बिमलेश कुमार झा

२८ माघ, रौतहट । समाजवादी प्रेस संगठन नेपाल रौतहटको पहिलो अधिवेशनबाट अध्यक्षमा मदन ठाकुर सर्वसम्मत चयन भएका छन् ।
रौतहटको गरुडा स्थित नवीन गेष्ट हाउसमा शुक्रबार सम्पन्न संगठनको जिल्ला कमिटीको बैठकले ठाकुरको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा इन्दु मिश्र, सचिवमा राकेश यादव, सह-सचिवमा रुपेन्द्र पटेल,राजेश पासवान र कोषाध्यक्षमा रौशन चौधरीलाई मनोनित गरिएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा
नेकपा एसका पोलिट व्युरो सदस्य रामकुमार भट्टराईले उदघाटन गर्दै चुनाव लोकतन्त्रको गहनाको रूपमा रहेको बताउँदै निष्पक्ष रुपमा समाजमा रहेका विकृति विसंगतिलाई चिर्दै कलम चलाउन यस् संगठनमा चयनीत सम्पूर्ण पत्रकारहरु सँग आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव एवम् नव मनोनीत समाजवादी प्रेस संगठन रौतहट अध्यक्ष मदन ठाकुरले विगत केही समय देखि पत्रकारहरुले बदनामी खेप्नु परेको कुरालाई मध्य नजर गर्दै निष्पक्ष तथा व्यवसायीक पत्रकारिताको जिम्मेवारी वहन गर्न उपस्थित सम्पूर्ण पत्रकार साथिहरुसँग आग्रह गरेका थिए। उक्त कार्यक्रममा
नेकपा समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखाका वर्तमान अध्यक्ष प्रेमचन्द्र झा, पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता लगायत अन्य कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here