मेयर राजीव रञ्जनको विकास गर्ने शैलीलाई विधायक यादवले गरे खुलेर प्रशंसा


बिमलेश कुमार झा
रौतहट। २७ फागुन २०७८
रौतहटको क्षेत्र नं २ ‘ख’ को विधायक राम किशोर यादवले बौधिमाई नगरपालिकाको नगर प्रमुख राजीव रञ्जन उर्फ राजु यादवको विकास गर्ने कार्य शैलीलाई खुलेर प्रशंसा गरेका छन।
जसपा नेपालको केन्द्रीय सदस्य एवम् मधेस प्रदेशको प्रदेश सांसद मा. यादवले मेयर राजु यादव हाम्रो सोच भन्दा कयौं गुना अगाडि रहेको जनता समक्ष प्रशंसा गरेका थिए।

विधायक यादवले रौतहटको बौधिमाई नगरपालिकाको बिच सेन्टरमा पर्ने वडा नं ४ मा १५ शैयाको बौधिमाई आधारभूत अस्पताल शिलान्यास कार्यक्रमको प्रमुख अतिथियता गर्दै छोराले सोचेको भन्दा कयौं गुणा बढी काम गरेर देखाएको बताएका छन्।

बौधिमाई न.पाको नगर प्रमुख राजु यादवको अथक प्रयासले १७ कठ्ठा जग्गामा १७ करोड २३ लाख ५३ हजार ३ सय ५४ लागतमा आधुनिक डिजाइनमा आधारभूत अस्पताल निर्माण हुने भएको छ भन्ने अस्पतालको टेन्डर श्याम सुन्दर-उमा आर बी,जेभीले २ वर्षमा निर्माण गर्ने सम्झौता गरेका छन्।

पूर्व स्वास्थ्य मन्त्री एवम् जसपा नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सँग आधारभुत अस्पतालको लागि योजना माग गर्न जादा यो योजना नगरपालिकाको लागि मेयर यादवले अगाडि नै पास गराइ सकेको थाहा पाउँदा आफू गर्भानवित भएको विधायक यादवले उल्लेख गरेका छन्।
मधेस प्रदेशमै राजु मेयर जस्तो उत्कृष्ट नगर प्रमुख नरहेको समेत जनाएको छ।
विधायक यादवले हाम्रो कार्यकाल समाप्त हुनुभन्दा पहिले बौधिमाई नपा अन्तर्गत पर्ने सम्पूर्ण वडामा सामुदायिक धर्मशाला बनाउने प्रतिबद्धता गरेका छन्।
शिलान्यास कार्यक्रमको अध्यक्षता गर्दै मेयर राजु यादवले निस्वार्थ रुपमा काम गर्ने स्वयंसेवकहरु प्रति भावुक हुँदै आउदो निर्वाचन पछि फेरि नेतृत्व पाउँदा सबै कामदारहरुको परिश्रमीक बढाउने प्रतिबद्धता गरे।
आफूलाई न बताए पनि अरुको भावना बुझने मेयर रहेको समेत उल्लेख गरे।
विकास कार्यमा केही विपक्षी दलका नेताहरुले विभिन्न जालझेल गरे पनि विकासको लहर नरोकिने टिप्पणी गरे।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही, नेपाल प्रहरीको प्रहरी उपरीक्षक विनोद घिमिरे, अनुसन्धानको एसपी मुकुन्द खड्का, जिल्ला समन्वय समिति राैतहटका सभापति रामएकवाल राय यादव, नगर उपप्रमुख प्रेमलता कुशवाहा, वडा अध्यक्ष मुक्ति नरायण यादव, हृदय नरायण यादव पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा,क्रियाशील पत्रकारहरु लगायत विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here