नेपालमा कानुनी राज्य नभएर प्रभु साहले छुटकारा पाएका छन:रमेश खरेल


बिमलेश कुमार झा
२०७८ चैत २१ गते
राैतहट ।नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा कानुनी राज्य नभएर पूर्व मन्त्री प्रभु साहले छुटकारा पाएका बताएका छन्।

राैतहटको माैलापुर नगरपालिकामा सुशासन पार्टी जिल्ला समिति द्वारा आयोजित बृहत आम सभाको प्रमुख अतिथियता गर्दै सो कुरा बताएका थिए ।
सोमबार प्रमुख अतिथिको आसनबाट सभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले म तत्कालिन अनुसन्धान अधिकृतकाे हैसियतबाट बोल्दैछु यदि साच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हाे । हिन्दु संघ बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहकाे संलग्नता रहेको दोहर्याउदै उहाँले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गरेका छन् ।
साहले गरेको विकास मौलापुरमै सिमित रहेको अध्यक्ष खरेलले टिप्पणी गरे।
आफू उभिएर बोलिरहेका मंच ३ करोड ५० हजारमा बनाएको योजनामा उल्लेख छ तर प्राविधिक दृष्टिकोणले मूल्यांकन गर्दा ३० लाखको मात्रै रहेको खरेलले दाबी गरे।

पुर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा माैलापुर नगरपालिका मेयर प्रत्यासी आर सि यादव ,जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले माैलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरि कडा कार्वाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेका छन् ।सो अवसरमा बिभिन्न पार्टी परित्याग गरि सुशासन पार्टी भित्र प्रवेश गर्नेलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here