सुरेश यादवले गरे ठूलो घोषणा, हरेक वडाबाट एक जना विद्यार्थीलाई एमबीबीएस र इन्जिनियरिङ पढाउने।


बिमलेश कुमार झा
२१ चैत २०७८
रौतहट।
नेपाली काङ्ग्रेसबाट देवाही गोनाही नगरपालिका मेयर पदमा सुरेश यादवले उमेदवारी घोषणा गरेका छन्।

पत्रकारसँगको संक्षिप्त अन्तरक्रियामा मेयर पदको लागि नेता यादवले उमेदवारी घोषणा गर्दै देवाही गोनाही नगरपालिका भित्र पर्ने हरेक वडाबाट एक जनालाई एमबीबीएस र इन्जिनियरिङ पढाउने घोषणा गरेका छन्।
आर्थिक स्थिति कमजोर भएका छात्रछात्राहरु प्राविधिक शिक्षाबाट बञ्चित रहेका देखिन्छ। मैले मेयर पदमा निर्वाचित हुदा उक्त समस्यालाई विशेष प्राथमिकताका साथ कार्यनयन गर्ने यादवले घोषणा गरे।

नेता यादवले यस् नगर क्षेत्र भित्र पर्ने ९ वटै वडका कर्णधार विद्यार्थीहरु मध्ये हरेक वडाबाट एक जनालाई डाक्टर या इन्जिनियर बनाउने घोषणा गरेका छन्।

यो नगरपालिका एउटा ग्रामीण क्षेत्र रहेकाले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने, प्राविधिक शिक्षालाई विशेष जोड दिने, सिचाइका लागि नहर, मोटर, बोरिङ बिजुलीको व्यवस्था लगायतका विकास एजेन्डाहरु सार्वजनिक गरेका छन्।

देशमा नेकपा एमाले विरुद्ध साता पक्ष बीच आपसी तालमेल गरि चुनावमा जाने सम्भावना रहे पनि यस् नगरपालिकामा गठबन्धनको आवश्यकता नरहेको र नेपाली काङ्ग्रेस एक्लै चुनाव लडी विजयी हासिल गर्ने समेत दाबी गरे।

देवाही गोनाही नगरपालिकाका निर्वाचित मेयरले कुनै पनि क्षेत्रमा विकास नगरेकाले शिक्षा, स्वास्थ्य, रोजगारी,सिचाइ, सडक पूर्वाधार विकास लगायतका विकास कार्य इमानदारिताका साथ पूरा गर्ने विस्वास दिलाएका छन् ।

आफ्नो उम्मेदवारी सबै वर्ग समुदायका नगरबासीहरुको समग्र विकासको लागि हुने र आफुलाई सवै नगरबासीहरुको समर्थन रहेको साहले बताए।

५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ। । यो निर्वाचन आउन अब ३८ दिन मात्रै छ । देशको हरेक स्थानीय तहमा चुनावको वातावरण बन्दै गएको छ । विभिन्न राजनीतिक दलनिकट रहेका प्रतिनिधिहरु जनता बीच आ-आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्ने क्रम पनि बढाएका छन्।

दलनिकट प्रतिनिधि भएर मेयर, उपमेयर, अध्यक्ष, सदस्यलगायत पदका आकाङ्क्षीहरूको सङ्ख्या पनि निकै ठूलो देखिन्छ ।

रौतहट जिल्लाका १८ वटै स्थानीय तहका विभिन्न दलका नेताहरु प्रमुख बन्ने आकाङ्क्षा बोकेका छन् । मेयरको टिकट पाउने आशमा दलनिकटका स्थानीय नेताहरू यति बेला पार्टी परिवर्तन गर्न समेत लागिपरेका देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here