गोठमा आगलागि हुँदा लाखौंको क्षेती

बिमलेश कुमार झा
२८ चैत २०७८

रौतहट। रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–२ वस्ने सुनिल झाको गोठमा आज बिहान अचानक आगलागी हुँदा गोठमा रहेको सर सामानहरू जलेर नष्ट भएको छ ।

हथियाही बस्ने झाको घरमा सोमबार बिहान चार बजेतिर अचानक गोठमा सल्केको आगो उग्र रुप लिदा लाखौंको क्षेती भएको हो। साँझको समयमा गोठ नजिकै राखेको खरानीबाट आगोलागि भएको स्थानीयहरुले अनुमान गरेका छन भन्ने गोठ वरपर खरानी नरहेकोले कसैले ईष्र्याका कारण आगो लगाएको झाले शंका व्यक्त गरेका छन्।

गोठमा आगलागी हुदा स्थानीयहरुको सक्रियतामा करिब १ घण्टामा आगो नियन्त्रणमा आए पनि गोठ र गोठमा राखिएको सर सामानहरू‌ लगायत भुस पूर्णरूपमा जलेर नष्ट भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here