पाँच वर्षे कार्यकालमा वडा भित्र भएको विकास कार्य वडाध्यक्ष कुशवाहाले गरे सार्वजनिक

बिमलेश कुमार झा
७ वैशाख २०७९
रौतहटको बोधिमाई नगरपालिकाका वडा नं.७ मा तत्कालीन नेकपा एमाले पार्टीबाट निर्वाचित (हाल नेकपा एस) वडा अध्यक्ष विजय कुमार कुशवाहाले विगत पाँच वर्षको कार्यकालमा वडा भित्र गरेको विकास कार्यलाई सार्वजनिक गरेका छन्।

वडाध्यक्ष कुशवाहाले वडा भित्र रहेका हिन्दु र मुस्लिम समुदायका लागि तथा सार्वजनिक हितका लागि गरेको विकास कार्यलाई जनता समक्ष सार्वजनिक गरेका हुन।

जनताका प्रतिनिधिका रुपमा रहेका वडा अध्यक्ष विजय कुमार कुशवाहा सधै आफ्ना वडा बासीको समस्या समाधान गर्नका लागि क्रियाशील रहन्छ। विकास निर्माणका काममा सधैं तल्लीन रहने वडा अध्यक्ष कुशवाहा सकभर आफ्ना वडा बासिले दु:ख नपाउन भनेर विकास निर्माणका कामका सधै कार्यालयबाट दिनपर्ने सिफारिस लगायतका प्रशासनिक सेवा प्रवाहमा पनि उतिकै चनाखो हुनुहुन्छ।

वडा अध्यक्ष कुशवाहाले ३० लाख रुपैयाँ बजेटमा श्री प्रा.वि. बंकुलको २ कोठे भवन निर्माण गर्नु भएको छ।
जरजर अवस्थामा पुगिसकेको विद्यालयले अहिले रुप फेरि सकेको छ। शिव मन्दिरबाट पश्चिम करिब ६५ लाख रुपैयामा ६ कोठे धर्मशाला भवन निर्माण भएको छ। निकट भविष्यमा २ देखि ३ तल्ले भवन निर्माण हुने आशा गरिएको हो। बंकुल बजार क्षेत्रमा करिब १० लाख रुपैयाँको लागतमा नाला ढलान कार्य सम्पन्न भएको छ। बंकुल बजारमा रहेको प्रसिद्ध दुर्गा मन्दिरको ग्रील गेट, झ्याल,ढोका र पलास्टरको कार्य गत वर्षको बजेटबाट नै सम्पन्न गरिएको थियो । बंकुल बजारमै रहेको प्रहरी चौकीमा ५ लाख रुपैयाँको लागतमा पलास्टर, बिजुली बती र रंगरोगनको कार्य सम्पन्न भएको छ। पश्चिम बंकुलमा मुस्लिम बालबालिकाहरुका लागि दुई तले मख्तम भवन तथा थप पलास्टर, रंगरोगन, बिजुली बतीको कार्य र ईदगाहको भुइँ पलास्टर, बाउणडरी रंगरोगनको कार्य सम्पन्न भएको छ।

बंकुल पश्चिमा रहेको हिन्दुहरुको आस्थाका केन्द्र जानकी मन्दिर निर्माण कार्य सम्पन्न भएको छ।
विगत वर्ष देखिको करिब २७ लाख रुपैयाको लागतमा मन्दिरको कार्य सम्पन्न भएको हो र केही पिसिसी ढलान कार्य समेत सम्पन्न भएको छ।
बंकुलमा नै ट्रान्सर्फमर देखि भित्र गाउँ सम्म करिब ३० लाखको लागतमा पिसिसी सडक ढलान भएको छ। ७ नं वडा कार्यालयको भवन बंकुल बजार देखि पश्चिम नहर सँगै सुविधासम्पन्न वडा कार्यालयको भवन करिब १ करोडको लागतमा तयार भइ चालु अवस्थामा रहेको छ। वडा कार्यालयको नजिक स्वास्थ चौकीको भवन करिब ४० लाखको लागतमा सम्पन्न भएको छ। दलित समुदायका लागि करिब २१ लाख रुपैयाका लागतमा सामुदायिक दलित भवन र ३ वटा पक्की बाटोको निर्माण कार्य सम्पन्न भएको छ।

करिब ४२ लाख रुपैयाँका लागतमा वडा कार्यालय देखि टेम्पो स्टेन सम्म, टेम्पो स्टेन देखि टुटेको पुलसम्म, मिश्री लालको घर देखि बेलवा महादेव मन्दिर सम्म, शिव नाथको घर देखि बेलवा महादेव मन्दिर हुदै अनुठ महतोको घरसम्म माटो पुरी ग्राभेल बाटोको निर्माण कार्य सम्पन्न भएको छ। ७ नं वडा कै सम्त देखि उपेन्द्र महतोको घर सम्म करिब ५० लाखको लागतमा पिसिसी सडक ढलान कार्य सम्पन्न भएको छ।

वडा नं ७ कै रामाशिस महतोको घर देखि कमल महतोको घर सम्म पिसिसी सडक ढलान कार्य करिब ५ लाखको लागतमा सम्पन्न भएको छ। ७ नं वडा कै बंकुल गाउँ देखि दक्षिण ब्रहम मन्दिर र बाटो छेउको माई मन्दिरको भवन निर्माण र रंगरोगनको कार्य करिब १ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ। करिब ६ लाख रुपैयाँका लागतमा वडा नं ७ कै बंकुलमा शिव मन्दिर र हनुमान मन्दिरको कार्य सम्पन्न भएको छ।
यहाँ भक्तजनहरु पूजाआजा गर्छ भन्ने बेलाबेलामा शिव चर्चा समेत हुने गर्दछ्। ७ नं वडा कै बंकुल बजारमा दुर्गा मन्दिर नजिकै नाला निर्माण कार्य सम्पन्न भएको छ।
सिमानाका बोर्डर देखि टेम्पो स्टेन सम्म करिब ४० लाख रुपैयाँको लागतमा पिसिसी सडक ढलान कार्य सम्पन्न भएको छ। दुर्गा मन्दिरको छेउमा बजार व्यवस्थापनका लागि स्टर निर्माण गरिएको छ। १६ लाख रुपैयाँको लागतमा बंकुल बजारमा नै नहर उत्तर नगर स्तरीय विकास योजनाबाट नाला निर्माण कार्य सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
बौधिमाई नगरपालिका स्वास्थ्य शाखाबाट कोभीड-१९ कोरोना महामारीको दुईदिने तालिम ७ नं वडा कार्यालयको सभा हलमा संचालन भएको थियो भन्ने वडा अध्यक्ष कुशवाहाले किसानहरुका लागि ४ सय स्प्रे टंकी, ४३० साडी, ७ सय घरधुरीलाई झुल, ७८९ वटा ग्यास सिलिन्डर, २५९ वटा तीरपाल, ४ सय पिस कल, आवश्यकता अनुसार बोरिङ, बंकुल प्रि. वि.लाई ब्रेन्च डेक्स, कोरोना महामारीका समय हरेक घरमा राहत लगायतका सामाग्रीहरु वितरण गरेका थिए।
स्थानीय सरकार आइसकेपछि वडा बासिहरुले विकासको राम्रो अनुभुती गर्न पाएका छन्। आफूलाई परेको समस्या, गुनासा र अफ्ट्याराहरु तत्काल समाधान हुने भएपछि वडा बासि पनि दंग छन्। विकास निर्माणका कार्यहरु मात्र होइन विभिन्न प्रशासनिक कामका लागि पनि स्थानीयले बिना झन्झट सेवा लिन पाएका छन्। स्थानीय तहमा वडा बासिले आफ्ना जनप्रतिनिधि पाएसँगै वडा भित्र विकास निर्माणले काया पल्ट गर्दैछ तर जनप्रतिनिधि पाएको थोरै समय भएकोले धेरै दीर्घकालीन योजनाहरु पूरा हुन बाकी नै छ।
भावी दिनमा यस्ता योजना सम्पन्न गर्नका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विजय कुमार कुशवहा जस्तै विकास प्रेमी, जनताका सुख दुःखलाई नजिकबाट बुझ्ने जनप्रतिनिधिको जीत आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here