मौलापुरका भ्रष्टाचारीलाई वडा नं १ का जनप्रतिनिधिले सघाएको कमल यादवको आरोप


बिमलेश कुमार झा
२३ वैशाख २०७९
रौतहट। नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला कमिटी अध्यक्ष कमल राय यादवले मौलापुर नगरपालिकाको भ्रष्टाचारी मेयरलाई वडा नं १ का जनप्रतिनिधिले सघाएको आरोप लगाएका छन् ।
विगतको निर्वाचनमा रिना साहलाई मेयर बनाउन मौलापुर नगरपालिका वडा १ का निवर्तमान वडा अध्यक्ष रामप्रवेश यादवको ठूलो योगदान रहेको जिल्ला अध्यक्ष यादवले आरोप लगाएका छन्।

वडा अध्यक्ष यादवले जितेको ३ वर्ष सम्म नगरपालिकाको प्रबक्ताका रुपमा समेत काम गरि मेयर साहलाई भ्रष्टाचार गर्न सघाएको जिल्ला अध्यक्ष यादवले आरोप लगाएका छन्।
मौलापुर नगरपालिका वडा १ मर्यादपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले सो कुरा बताउनुभयो ।

जिल्ला अध्यक्ष यादवले ठूलो डाकाको अगाडि सानो चोरको केही हुकुमी नचलेको निवर्तमान वडा अध्यक्ष यादव माथि टिप्पणी गरे ।
नेकपा माओवादी पार्टीबाट मौलापुर नगरपालिका मेयर पदका उमेदवार बनेका भ्रष्टाचारी वडा अध्यक्षबाट समयमै सचेत हुन यहाँका जनतासँग जिल्ला अध्यक्ष यादवले आग्रह गर्नु भयो ।
युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् नेकपा एसबाट मेयर पदका उमेदवार राकल्याण यादवको अगुवाइमा मौलापुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको भ्रष्टाचारलाई भणडाफोर गरि ४२ लाख रकम कामदारलाई फिर्ता गराएको तथा लैणड पुलिङ्को नाउँमा लालबकैया नदिमा पर्ने हजारौं बिघा खेतीयोग्य जमिनलाई अनावश्यक रुपमा उत्खनन गर्दा राज्यबाट २ लाख जरिवाना गराएको जिल्ला अध्यक्ष यादवले उल्लेख गरे।

जिल्ला अध्यक्ष यादवको छोरा रामकल्याण यादव नेकपा एकीकृत समाजवादीका तर्फबाट मौलापुर नगरपालिका मेयर पदका उमेदवार हुन्।
नेकपा एसबाट मेयर पदका उमेदवार रामकल्याण यादवले गरेको चुनावी घोषणापत्रलाई जिल्ला अध्यक्ष यादवले व्याख्या गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक पूर्वाधार, पार्यवरण लगायतका क्षेत्रमा हाम्रो पहुँच हुने बताएका छन्।
कृषि क्षेत्रलाई उर्वर बनाउन माटो परिक्षण गराइ उचित बालि लगाइ नगरपालिकालाई नगदे बालिमा निर्भर बनाउने र कृषि क्षेत्रमा क्रान्ति ल्याउन उन्नत जातको बीउ सहजरुपमा किसानलाई उपलब्ध गराउने समेत यादवले बताए।

मौलापुर नगरपालिका वडा नं १ मर्यादपुरका केही खेतीयोग्य जमिन बाढीका चपेटामा पर्दा यहाँका किसानलाई मार खेप्नुपरेको छ। लालबकैया किनारमा विधुत तार-पोल जडान गरि हरेक किसानको खेतमा सिचाइको व्यवस्था गरि केरा,फर्सी, खरभुजा लगायतका नगदे बालि उब्जाउन सहज बनाउने योजना रहेको जिल्ला अध्यक्ष यादवले उल्लेख गर्नु भयो।

प्रतिबद्धता पत्रमा उल्लेखित शिक्षा, स्वास्थ, कृषि सडक पूर्वाधार, रोजगारी,लगायतका योजनालाई प्रभावकारी ढंगले संचालन गर्ने अध्यक्ष यादवले बताउदै सो योजनाहरु संचालन नभए वितेको कार्यकाल पछि फेरि भोट मागन आउदा कालोमोसो दलेर तिर्सकार गरेर पठाउन समेत चुनौती दिनु भयो।

नेकपा एकीकृत समाजवादीका तर्फबाट मौलापुर नगरपालिका मेयर पदका उमेदवार रामकल्याण यादवको जित नगरपालिकाको सम्पूर्ण नगरबासीको जित हुने भएकाले एक पटक कलम छापमा मोहर लगाइ रामकल्याण यादवलाई जिताउन जिल्ला अध्यक्ष यादवले सम्पूर्ण नगरबासीलाई आग्रह गर्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here